
दिनरात नभनी कोरोना संक्रमित को सेवामा खटिएकी उनी तर पापि कोरोना ले नै लाग्यो उनलाई …
May 27, 2021 40
25
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
धनगढी: कञ्चनपुरमा कोरोना संक्रमित एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सि.अनमी सरस्वती कार्कीको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो।नगरपालिकाका अनुसार उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बुधबार राति मृ’त्यु भएको थियो। उनमा एक साताअघि कोरोना संक्रमण पुस्टि भएको थियो।
स्याङ्जा, १२ जेठ: फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर रु १५ हजारसम्म दिने निर्णय भएको बताए । अध्यक्ष सुवेदीले भने, “कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउँछ ।”
बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताए ।
गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना सङ्क्रमित रहेको र जसमध्ये नौजना सङ्क्रमण निको भएर घर फर्किएको र एकजना सङ्क्रमित महिलाको मृत्यु भएको जानकारी दिए । गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यअनुसार पालिकाभित्र दुईओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताए । गाउँपालिकाले २० श्ययाको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमितहरूलाई सङ्क्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा यो समाचार तयार पार्दासम्म कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।
मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेशनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन् । जिल्लामा २९७ आइसोलेशन श्यया र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।