सोमबार ३० साउन २०७९

समयसमयमा मान्छेहरु टिकटक, फेसबुक लगायतका सामाजिक संजालमा भाइरल हुने गर्दछ्न । हरेक मानिसहरु आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । आआफ्नै कलाहरु देखाएर पछिल्लो समय मानिसहरु भाइरल हुने एकदमै लोकप्रीय मंच बनेको छ टिकटक । यसैक्रममा आज भने पछिल्लो समय टिकटकमा एकदमै भा”इ”र”ल सुँगावाली जो सुँगालाई आफ्नो छोराछोरी झै पालेर छाएकीछिन, उनी मिडियामा आएकीछिन ।

हामी सबैलाई थाहा भएकै कुरा हो सुगा मान्छेझै बोल्न सक्छ तर सुँगालाई मान्छेझै बोल्न सक्ने बनाउनु भने निकै अप्ठ्यारो कार्य रहेको छ । हेटौडा घर भएर बसोबास गर्दै आएकी सुनिता मोक्तान नाम गरेकी एक महिला सुँगालाई आफ्नो छोराछोरी झै पालेर बोल्न सक्ने बनाएर टिकटकमा भाइरल बनेकीछिन । उनका दुई मुस्कान र कान्छा नाम गरेका सुँगा रहेका छ्न जो मान्छेजस्तै फरर बोल्न सक्छन । १३ बर्षदेखी कान्छालाई पालिरहेकी उनले दुई बर्षअगाडीदेखि मुस्कानलाई पनि पालिरहेकि छिन ।

टिकटकमा उनिहरु बोलेको भिडियो हालेर उनी पछिल्लो समय छाएकीछिन । सामान्य पसल गरेर जिबिका चलाइरहेकी उनको सुगाँप्रतीको माया एकदमै अनौठो किसिमको रहेको छ, सुँगाले पनि उनलाई आफ्नै आमा झै माया गर्छन । मुस्कान सधै उनको टाउकोमा बस्ने गरेको र कान्छा काँधमा बस्ने गरेको उनले बताइन । सुगाँसँग मान्छेझौ बोलेर घन्टौ बिताउँछिन उनी । बोल्ने मात्र नभएर मान्छेझै हाँस्छ्न पनि उनका दुई सुगाँ । आफ्नै सुरमा बोलिरहने सुगाँहरुसँग दोहोरो कुराकानी पनि हुनेहरेको उनी बताउँछिन ।

कान्छा र मुस्कानले उनलाई माया गरिदेउ भन्दा गालामा माया गर्ने गरेको उनी बताउँछिन । मुस्कानलाई कहिलेकाही टाउकोबाट हाततिर ल्याउने गरेको तर उ जहिले टाउकोमा नै बस्नेगरेको उनले बताइन । सुगाँहरु हरपल आफ्नो साथमा नै रहन मन पराउने उनी बताउँछिन । उनि बाहिर गएर घर फर्किदा आमा आउनुभयो भन्दै निकै खुसी हुन्छ्न यी सुगाँहरु । कहिलेकाहीँ घर छोडेर सुगाँहरु बाहिर निस्किदा आफूलाई निकै नै चिन्ता हुनेगरेक्क उनको भनाई छ ।

एकपटक मुस्कान घर छोडेर दुई दिनसम्म घर नफर्किदा आफ्नो आँखाबाट आँसु आएको बताउँछिन उनी । पंक्षीलाई मनदेखि नै माया गर्ने हो भने उनिहरुले आफ्नो कुरा बुझ्ने उनले बताइन । मेसेन्जरको टोन मुखबाट नै हुबहु बोल्दा रहेछ्न यी सुगाँहरु । कान्छोलाई भने उनले जङ्गलमा अलपत्र अबस्थामा रहदा भेटेकी रहिछिन । उनिहरु उडेर घर छोडेर गएपनि अन्त्यमा घर फर्केर आउनेगरेको उनी बताउँछिन । आफू घरबाट बाहिर निस्किदा समेत भिडियोकल मार्फत उनिहरुसँग कुराकानी गर्ने गरेको उनी बताउँछिन ।


Last Updated on: February 21st, 2022 at 12:01 pm
१३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया