सोमबार १९ मंसिर २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रा न्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छिन् । एमसीसीको वि रोध प्र दर्शनका क्रममा उनी घाइते भएकी हुन् ।

प्रतिनिधिसभा बैठकमा एमसीसी पेस हुने भएपछि आइतबार दिउँसो वि रोध प्र दर्शनमा सहभागी भएकी उनी घाइते भएकी हुन् । एमसीसीको विरोधमा नयाँबानेश्वरमा भएको प्रदर्शनका क्रममा उनी घाइते भएकी हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गरिएको छ ।

हामी एमसीसीको विपक्षमा उभिन्छौँ, प्रहरी दमनको विरोध गर्छौंः प्रचण्ड
काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने दोहो¥याएका छन् ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पारिसकेको बताए ।

विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको भन्दै उनले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै प्रहरी दमनमा भएका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि प्रचण्डले कामना गरेका छन् ।

यसबारे आफ्नो आधिकारिक फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ ।

हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ । एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’


Last Updated on: February 21st, 2022 at 1:00 pm
११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया