शुक्रबार १५ मंसिर २०८०

“१५ वर्षीया” एलिशा ब्लड क्यान्सरसँग लड्दै ! :- सहयोग याचना
May 27, 2021 22
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं :- दिउँसो प्रहरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भाडाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्था दिन्दिनै जटिल बन्दै गएको छ।रामेछापको दोरम्बाकी १५ वर्षीया एलिशा थापा मगरका माता पिता निकै ठूलो तनावमा छन्।

कृष्णबहादुर थापा म गर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा। उन लाई ब्लड क्या न्सर भएपछि उपचारका लागि कान्ति बा ल अस्पतालमा भर्ना गरिएको छ।पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोक प्यास सबै हराएको छ।

केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ।कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्। छोरीका लागि आमा बुवा पनि संघर्ष गरिरहेका छन्।

कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन्।कान्तिबाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा भेटिन्छन्। ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनीअहिले अस्पतालको बेडमापुगिन्,’यतिभनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे। भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्

स्याङ्जा, १२ जेठ: फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर रु १५ हजारसम्म दिने निर्णय भएको बताए । अध्यक्ष सुवेदीले भने, “कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउँछ ।”

बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताए ।

गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना सङ्क्रमित रहेको र जसमध्ये नौजना सङ्क्रमण निको भएर घर फर्किएको र एकजना सङ्क्रमित महिलाको मृत्यु भएको जानकारी दिए । गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यअनुसार पालिकाभित्र दुईओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताए । गाउँपालिकाले २० श्ययाको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमितहरूलाई सङ्क्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा यो समाचार तयार पार्दासम्म कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेशनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन् । जिल्लामा २९७ आइसोलेशन श्यया र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


Last Updated on: May 28th, 2021 at 12:16 pm
७२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया