शनिबार २८ साउन २०७९

महोत्तरी : महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला श व र वेवारिस फेलाका दुई बालक घटनाका मुख्य योजनाकार प क्रा उ परेका छन् । बालकलाई वेवारिस अवस्थामा छो डेर भाग्ने र महिलाको ह त्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ।

गौशला नगरपालिका १२ स्थित सगरनाथ वन परियोजनाको जंगलमा भेटिएको गर्भवती महिला श व र वेवारिस अवस्थामा सोहि क्षेत्रमा भेटिएको दुई साना बालकहरु बीच आमा छोराको सम्बन्ध रहेको खुल्न आएको छ भने महिलाको ह त्या उनकै श्रीमान्ले गरेको खुलेको छ।

आफ्नै श्रीमानले नै महिलाको ह त्या गरेर आफ्ना दुई अबोध बालकहरुलाई छो डेर फ रार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरि घटनाबारे जानकारी दिंदै महिलाको ह त्या गरेको आ रो प मा निजको श्रीमान् भारतको विहार राज्य सीतामाढी जिल्लाको ग्राम पंचायत भासर मघहा वडा नं. ७ अनारवन गाउँ बस्ने ३७ वर्षिय अजय महतो कोइरी र ह त्या गर्न सहयोग गरेको आ रो प मा  सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय प्रमोद राउतलाई प क्रा उ  गरि सार्वजनिक गरेको छ ।

प क्रा उ पर्नेहरु माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराई थप असुन्धान सुरु गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनी ले जानकारी दिएका छन् ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 21st, 2022 at 4:07 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया