बुधबार २४ जेठ २०८०

भोट चाहिन्छ भने चुनावअघि सबैलाई खोप, नत्र नो खोप, नो भोट” : शेयर गरे सर्मथन जनाउ
May 27, 2021 36
14
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं : देश कोरोना महामारीले ठप्प छ। संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। अस्पतालले उपचार सेवा धान्न छाडेका छन्। अक्सिजनको अभाव चुलिँदो छ। यस्तो अवस्थामा बढेको राजनीतिक खिचातानीका कारण बीचैमा निर्वाचन घोषणा भएको छ। ”

“सर्वसाधारण भने कोरोनाविरुद्ध खोप लाउन पाए मात्र भोट हाल्न जाने मनस्थितिमा छन्। भोट हाल्न भीडमा जानुपर्छ, त्यसभन्दा पहिला सबैले खोप पाए मात्र त्यो सम्भव छ। ‘खोप ल्याएन भने यो सरकारले भोट पाएन’ भन्ने पनि छन्।”

“यसै सन्दर्भमा अन्नपूर्ण पोस्ट्ले देशव्यापी जनमत संकलन गरेको छ। त्यसमा सबै सर्वसाधारणको समान धारणा छ, ‘नो खोप, नो भोट।’ अर्थात, खोप नल्याउने भए भोट पनि दिइन्न ! ‘अहिले चुनावभन्दा उपचार प्राथमिकता हो। जनता अस्पतालमा छटपटिरहने तर नेता कुर्चीका लागि लडिरहने प्रवृत्ति राम्रो भएन’, बुटवलकी झरना अर्याल भन्छिन्, ‘चुनाव नै गर्ने हो भने जनता बचाउनुपर्छ।’”

“जति खोप आयो पहिला फ्रन्टलाइनमा काम गर्नेले पाए। ठीकै छ। त्यसपछि नेताहरू र पहुँचवालामा पुग्यो। ‘सांसद, मन्त्री, नेता सबैले खोप लगाए। तर, हामीजस्ता सर्वसाधारणले पाएकै छैनौं’, पाल्पा तानसेनकी गंगा ठडराई भन्छिन्, ‘मजस्ता लाखौं पीडितको एउटै आवाज हो, नो खोप, नो भोट।’”

“फुङलिङ–१, ताप्लेजुङका केवल मादेन चुनाव गर्ने भए केही पछि सारेर त्यसअघि सबै नागरिकलाई खोप दिनुपर्नेमा जोड दिन्छन्। ‘महामारीले मेरो गाँस खोसेको छ। कोरोना लाग्ला कि भनेर घरमै जोगिएर बसेका छौं’, उदयपुर त्रियुगा नगरपालिकाका रामप्रसाद चौधरी भन्छन्, ‘सरकारले खोप दिएर रोगबाट जोगायो भने भोट दिन जाउँला। नत्र त्यो विषयमा कुरै नगरौं। रोग र भोकबाट जोगाओस् अनि मात्रै भोट।’(अन्नपूर्ण पोस्ट दैनिक बाट )


Last Updated on: May 28th, 2021 at 12:19 pm
४७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया