शुक्रबार १६ मंसिर २०७९

राष्ट्रिय न्युज डटकम
दिल मगर , दाङ
घोराहीको गोग्ली नजिकै सोमबार बिहान साढे ६ बजे भानपुर चोकमा दुई वटा वाईक एक आपसमा ठो’क्किदा भएको दुर्घट’नामा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका कुइरेपानीका अन्दाजी २१ वर्षीय अर्जुन खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

घोराही देखि लमही जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

दुबै मोटरसाइकल ठोक्किए पछी घोराही तर्फ आउँदै गरेको मोटरसाइकलमा सवार खड्का उछिट्टिएर लमही तर्फ जाँदै गरेको टिप्परमा ठो’क्किएर गम्भी’र घा’इते भएको प्रहरी प्रमुख काफ्लेले बताए । मृतक खड्का जापान जाने तयारिमा बिध्यालय जाँदै गर्दा दु’र्घ’टना भएका हुन ।

गम्भीर घा’इते खड्काको उपचारकै क्रममा मृ त्यु भएको उनको भनाई छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ ।

मृ’तक खड्काका आफन्त लगायत स्थानीयले उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै बिहानै देखि घोराही लमही सडक अबरुद्ध पारेका छन । सडक अबरुद्ध हुँदा सैयौ सवारीसाधन बाटोमै रोकिएका छन ।

यता दाङका प्रहरी प्रमुख काफ्लेका अनुसार पीडित पक्ष र सरोकार वालासंग छलफल भैरहेको भन्दै केही बेरमै सडक खुल्ने जानकारी दिए । दुर्घ”टनामा परेको टिप्पर र दुबै मोटरसाइकलको नम्बर खुल्न सकेको छैन ।


Last Updated on: February 21st, 2022 at 5:34 pm
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया