
ललितपुरको साना गाउँ बस्ने निरुता तामाङ आफ्नो दुई वर्षको बच्चा लाई कोठा मै छोडेर श्रीमान नभएको बेला अर्कै केटासगँ फरार भएकी छिन । आफू काममा गएको बेला श्रीमती त्यसरी फरार भएको भन्दै उनका श्रीमान खोजी कार्यमा सहयोग गरिदिन भन्दै मिडियामा आएका छन । आफू ज्याला मजदुरी गर्ने भएकोले आफू बिहान खाना खाएर काममा गएको उनले बताएका छन । दिउँसो ३ बजे तिर आउदा छोरालाई मात्र कोठामा भेटेको उनको भनाई रहेको छ ।
४/५ वर्ष अघि निरुतासगँ आफुले प्रेम बिबाह गरेको निरुताका श्रीमानले बताएका छन । सुरुमा आफुहरुको भेट भए पछि निरुताले नै प्रेमको प्रस्ताव राखे पछि आफुहरुले बिबाह गरेको उनले बताएका छन । आफुले श्रीमती निरुतालाई धेरै बिश्वास गर्ने गरेको उनको भनाई छ । दिन भर आफू काममा जाने गरेको र श्रीमती कोठामै छोरा हेरेर बस्ने गरेको उनले बताए । आफुसगँ भएको एउटा मोबाइल पनि आफू श्रीमतिलाई नै कोठामा छोडेर जाने गरेको र श्रीमती टिकटक, फेसबुक चलाउने गरेको उनले बताए ।
आफुले बेलुका हेर्दा फेसबुकमा श्रीमती थुप्रैसगँ बोलेको आफुले भेट्ने गरेको उनले बताएका छन । तर पनि आफुहरुको सम्बन्ध बिग्रीन्छ कि भनेर आफू श्रीमतिलाई केही पनि नभन्ने गरेको उनले बताए । बोल्दैमा केही हुदैन भन्ने सोचले आफू चुप बस्ने गरेको उनको भनाई छ । तर कहिलेकाही अन्य ब्याक्तिहरुसगँ विभिन्न कुराहरु बोलेको देख्दा मन भने निकै दुख्ने गरेको उनले बताएका छन । तर पनि आफुले कहिले श्रीमतिलाई केही नभनेको र सकेसम्म खुशी राख्न खोजेको उनको भनाई छ ।
आफू काममा गएको बेला श्रीमती छोरालाई छोडेर त्यहा वरपर भएका दिदिहरुलाई ब्युटी पार्लर जान्छु भनेर हिडेको उनले बताए । आफुले साझसम्म पनि श्रीमतिलाई कुरेर बस्दा सम्म नआएको उनको भनाई छ । ३ देखि श्रीमती फरार भएको उनले बताएका छन । अहिलेसम्म कतै सम्पर्क हुन नसकेको उनको भनाई छ । छोराले सधै आमा खोज्ने गरेकोले उनले श्रीमतिलाई सम्पर्कमा आउन आग्रह गरेका छन । पहिले पनि पेटमा बच्चा हुदा श्रीमती त्यसरी नै हिडेको उनले बताए ।
तर आफुले फेला पारी ल्याएर राखेको उनको भनाई छ । अहिले भने श्रीमती भर्खरै बिदेशबाट आएको केटासगँ हिडेको उनको अनुमान छ । आफुले कोठामा बिदेशबाट श्रीमतिलाई पैसा पठाएको कागज समेत भेटेको उनको भनाई छ । श्रीमती जहाँ जो सग गएको भएता पनि छोराकै लागि भए पनि फर्केर आए आफु स्वीकार गर्ने उनले बताएका छन । आफुलाई पनि सानै देखि आमाले छोडेर गएको हुनाले अब आफ्नो छोरा पनि त्यस्तै हुन्छ कि भन्ने लाग्ने गरेको उनको भनाई छ । (भिडियो हेर्नुस)