शुक्रबार १६ मंसिर २०७९

काठमाडौं । भारत, बिहारको राजधानी लखनउको पीजीआईस्थित माटी नल्लामा बिहीबार भेटिएको शव बेपत्ता महिला हवल्दार रुची सिंहको भएको खुलेको छ ।

शनिबार सुशान्त गल्फ सिटी प्रहरी चौकीमा ब्याज हराएको उजुरी प्रहरी मुख्यालयमा तैनाथ शाखा अधिकृत एमपी सिंहले दर्ता गराएका थिए ।

आइतबार सिंहका भाइ पोस्टमार्टम घर पुगेर बिहीबार नालीमा फेला परेको शवलाई दिदीको रूपमा पहिचान गरेका हुन् ।

प्रतापगढको रानीगञ्जमा तैनाथ तहसीलदारले ज्यान लिन ष ड्य न्त्र रचेको आ रो प छ । हाल प्रहरीले तहसीलदारसहित दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

 

बिजनौर निवासी रुची सिंह प्रहरी मुख्यालयमा तैनाथ थिइन् । उनी फेब्रअरी १३ तारिखमा ड्युटी थियो । रुची काममा नआएपछि साथीले उनलाई खोजिरहेकी थिइन् । उनको साथीले सामाजिक सञ्जालमा पोस्ट गरेर सहयोग मागेकी थिइन् । त्यही क्रममा रुचीको मोबाइल पनि लगातार बन्द थियो ।

हवल्दारबारे कुनै जानकारी नआएपछि शनिबार हराएको उ जुरी परेको थियो । सोही क्रममा बिहीबार माटीस्थित नालीमा एक महिलाको शव फेला पर्यो । जसको रूप हराइरहेकी रुचीसँग मिल्दोजुल्दो थियो ।

शव पहिचान गर्नका लागि मृतकका भाइ शुभम र बुबा योगेन्द्रलाई खबर गरिएको एसीपी क्यान्ट अर्चना सिंहले बताउनुभयो । शुभम आइतबार लखनउ पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पोस्टमार्टम घरमा लगेको थियो । त्यहाँ शुभमले शव दिदी रुचीको भएको कुरा पुष्टि गरेका हुन् ।

जानकारी अनुसार उनीमाथि विवाहका लागि दबाब बढ्दै थियो । बेपत्ता प्रहरी जवानको मोबाइलको विवरण खोज्दा प्रहरीले शंकास्पद नम्बर फेला पार्यो । जुन प्रतापगढको रानीगञ्जमा तैनाथ तहसीलदार पदमेश श्रीवास्तवको हो । सो जानकारीका आधारमा तहसीलदारलाई नियन्त्रणमा लिइएको छ ।

सोधपुछ गर्दा पद्मेशले रुचीसँग फेसबुक मार्फत मित्रता भएको स्विकार गरेका छन् । दुवैबीच गहिरो सम्बन्ध थियो । रुची पहिल्यै विवाहित थिइन् । तर रुची लगातार तहसीलदारलाई विवाह गर्न दबाब दिइरहेकी थिइन् ।

प्रहरी उपरिक्षक पीजीआई धरमपाल सिंहका अनुसार पदमेश श्रीवास्तवसँग ज्यान लिने कार्य कसरी र कहिले भएको हो ?, शवको व्यवस्थापन कसरी गरे ? भन्ने प्रश्नहरूको जवाफ पाउन बाँकी छ । उनीहरुसँग निरन्तर सोधपुछ भइरहेको छ ।


Last Updated on: February 22nd, 2022 at 10:44 am
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया