
एजेन्सी । ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् ।
बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै ह त्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न सक्छ भनेर प्रश्न उठाइरहेका छन् ।
प्रेम प्रस्ताव अस्वीकार गर्दा फेनिल गोयानीले परिवारका सदस्यको अगाडि नै ग्रिष्माको घाँ टी रे टी ह त्या गरिएको छ ।
ग्रिष्माकी काकी राधिकाले भनिन्, ‘यस्ता घट ना जारी रहे हाम्रा छोरीहरु कसरी पढ्न पाउलान् ? सरकाले ब्यानर पोष्ट लगाएको छ, ‘बेटी बचाओ, बेटी पढाओ ।’ तर यस्ता घटना भइरहेको खण्डमा महिला सुरक्षासँग जोडिएका ब्यानर पोस्टर हटाउनु पर्छ । नारा लगाउन बन्द गर्नुपर्छ । ‘बेटी बचाओ’ को ब्यानरको साटो ‘बेटी बचाउनु छ भने उनलाई घरमा नै राख ’ भन्नुपर्छ । ’
अन्यले पनि पाठ सिकून् भनेर ग्रिष्माकी काकी फेनिललाई कडा स जाय दिन माग गरिरहेकी छिन् । उनले भनिन्, ‘ग्रिष्मामाथि जे भयो, त्यो अन्य छोरीमाथि हुनु हुँदैन । हाम्रा छोरीहरु कसरी सरक्षित रहलान् ? उनीहरु त्यतिबेला मात्रै सुरक्षित हुनेछन् जब राज्य सरकार पर्याप्त सुरक्षा प्रदान गर्नेछ । ’
अभियुक्त
ग्रिष्माकी आमा विलास वेकारियाले आफूले छोरीको लागि न्याय मात्रै मागिरहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरी छोरी निर्दोष छिन् । उनको कुनै गल्ती थिएन तरपनि उनको ह त्या भयो । मलाई न्याय मात्रै चाहिएको छ । उसले मेरो आँखाको अगाडि छोरीको घाँ टी का टि दियो । तीब्र रुपमा र गत बग्न थालेको थियो । यो सबै मैले मेरो आँखाले देखेकी थिएँ ।’
प्रहरीलाई दिइएको उजुरी अनुसार फेनिल पछिल्लो एक वर्षदेखि ग्रिष्मालाई त नाव दिइरहेको थियो ।
मुटु काँप्ने यो घट नाको भिडियो सोसल मिडियामा पनि भाइरल भएको छ जसका कारण प्रहरी व्यवस्था र मानिसको सं वेदनशीलतामाथि प्रश्न उठिरहेको छ ।
गिष्मा वेकारिया अमरोलीको जेजे शाह कलेजबाट बी कम पढिरहेकी थिइन् ।
घटनाको दिन के भयो ?
ग्रिष्मालाई फेनिल पंजाक गोयानीले पछिल्लो एक वर्षदेखि त नाव दिँदै आएका थिए । फेनिल सूरतको कापुदारास्थित सागर सोसाइटीमा बस्दथे ।
प्रहरीको उजुरीमा भनिएको छ- ‘ग्रिष्माको परिवारका सदस्यले यो मामिलालाई फेनिलको परिवारसम्म लिएर गएको थियो । ग्रिष्माका पिताका साथीसँगै उनकी मामा पनि फेनिलको परिवारसँग मिलेका थिए, उनले फेनिललाई नगर्न भनेका थिए । फेनिलले आफूले ग्रिष्मालाई पछ्याउन छोड्ने पनि बचन दिएका थिए ।’
उजुरीमा बताइएको छ – भ्यालेन्टाइन्स डेभन्दा दुईदिन अघि शनिबार बेलुका फेनिल ग्रिष्माको गाउँमा पुगे । ग्रिष्माले उनलाई देखेपछि आफ्नो ठूलो बुवा सुभाष वेकारियोलाई भनिन् । सुभाषले फेनिललाई रोक्ने कोसिस गरे, तर उनले पेटमा च क्कू हाने र घा इते बनाइदिए ।’
‘ग्रिष्माका १७ वर्षका भाइ र उजुरीकर्ता ध्रुवले पनि फेनिललाई रोक्ने कोसिस गरे, तर फेनिलले उनको हात र टाउकोमा पनि चक्कूले हम ला गरे ।’ग्रिष्माका १७ वर्षका भाइ र उजुरीकर्ता ध्रुवले पनि फेनिललाई रोक्ने कोसिस गरे, तर फेनिलले उनको हात र टाउकोमा पनि चक्कूले हम ला गरे ।’
‘ग्रिष्माले पनि आफ्ना काका र भाइलाई बचाउने कोसिस गरिन् तर फेनिलले ग्रिष्माको घाँटीमा च क्कू राखिदिए । ग्रिष्माका आमा–बुवा र अन्य सदस्यले उनलाई छोडिदिन आग्रह गरिरहे तर उनले ग्रिष्माको घाँटी का टिदिए ।’
उक्त द र्दनाक घ टनालाई एक प्रत्यक्षदर्शीले भने, ‘घटनापछि फेनिल त्यहाँ बसिरहे र कसैले पनि ग्रिष्मालाई बचाउने कोसिस नगरुन् भन्ने कुराको सुनिश्चित गरे ।’
मिडिया रिपोर्टमा बताइएको छ, ‘जब उनलाई ग्रिष्माको मृत्यु भइसक्यो भनेर विश्वास भयो तब त्यहि चक्कूले आ त्मह त्या गर्ने कोसिस गरे ।’
सूरतका डेप्युटी एसपी बीके वानारले भने, ‘अभियुक्तले आ त्मह त्या गर्ने कोसिस गरेका होइनन् । वास्तवमा उनी घटनास्थलमै उभिरहे ताकि ग्रिष्मालाई बचाउने कोसिस कसैले पनि नगरुन् । ग्रिष्मा भुइँमा ल डेकी थिइन् र पी डामा छ ट्पटाइरहेकी थिइन् । खासमा उनी ग्रिष्माको मृत्यु सुनिश्चित गर्न चाहन्थे । उनले कसैलाई पनि टाढा आउन दिएनन्, न नै अस्पताल लैजान दिए ।’
बिके वानार भन्छन्, ‘अभियुक्त त्यहाँ दुईदेखि तीन मिनेटसम्म बसेका थिए । त्यतिबेला ग्रिष्मा पी डामा छट्प टाइरहेकी थिइन् । त्यहाँ सुपारी चपाइहे र चक्कूले अन्य व्यक्तिलाई घा इते बनाउने कोसिस गरे । जब त्यहाँ मानिसको संख्या बढ्न थाल्यो तब उनीहरुलाई त र्साउनका लागि आफूलाई नै च क्कू हा ने ।’
फेनिलका पिता पंकज गोयानीले मिडियासँगको कुराकानीमा भने, ‘फेनिल, परिवारका लागि समस्या बनिसकेका थिए, उसले कसैको कुरा पनि सुन्दैनथ्यो । जब ग्रिष्माका परिवारले आफ्नो परिवार लिएर आएका थिए तब मैले उनलाई गा ली गरेको थिएँ । त्यतिबेला उनले आफूले ग्रिष्मालाई त नाव नदिने बताएका थिए । तर ऊ सुध्रिनका लागि तयार भएन् । यदि अदालतले उनलाई फाँ सीको स जाय पनि दिन्छ भने हामीलाई कुनै अफसोस छैन ।’
फेनिलका आमाबुवाले आफ्नो छोराको स्थितिबारे थाहा पाउनका लागि आफूहरु अस्पतालसमेत नगएको बताए । यस्तै अर्कोतर्फ ग्रिष्माका पिता नन्दलाल अफ्रिकाबाट फर्किएपछि मात्रै ग्रिष्माको अन्तिम संस्कार गरियो ।