बिहिबार ०९ चैत्र २०७९

विद्यालय खोल्ने या नखोल्ने भने विषयमा सरकारबाट आयो अत्यन्त जरुरी सूचना !
May 27, 2021 42
39
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले सरकारले संसोधितनियमावलीअनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताए ।

केन्द्र सरकारकैै निर्देशन अनुसार शिक्षा अधिकारी सुवेदीको हस्ताक्षरसहितको निर्देशन सबै विद्यालयहरुलाई आइतबार नै दिएको सूचनासमेत वेवसाइटमा प्रकाशित गरिएको छ।

विद्यालयहरुलाई दिएको निर्देशनमा शैक्षिक सत्र ०७७ वार्षिक परीक्षा मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरेअनुसार विद्यालयहरुले अनुकुल हुने गरी उपयुक्त मूल्यांकन गर्न उल्लेख गरिएको

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन । भट्टराईले निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने बताए ।

केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्‍याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न वैशाख १६ गतेदेखि दुई साताका लागि भनेर निषेधाज्ञा गरेको थियो । पछि उक्त निषेधाज्ञा दुई साताका लागि थपिएको थियो ।

देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको लगभग महिना दिन बित्न लाग्दा पनि नेपालमा कोरोना संक्रमण दर भने घट्न सकेको छैन । अहिले पनि औसतमा दैनिक ८ हजार संक्रमित थपिरहेका छन् ।


Last Updated on: May 28th, 2021 at 12:22 pm
६४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया