शुक्रबार १६ मंसिर २०७९

काठमाडौं । न क्कली मह उत्पादन गरेर बजारमा पठाएको आ रो प मा प क्रा उ परेका नरेश श्रेष्ठको अर्को अ वै ध ध न्दा पनि फेला परेको छ ।

श्रेष्ठले ललितपुर सुनाकोठीमा स्पर्श फुड प्रोडक्ट र श्रीतारा फुड प्रोडक्ट नाममा म्याद गुज्रिएका खाद्यान्नबाट कुकिज बनाएर बजारमा पठाउने गरेको कारखानामा प्रहरीले छापा मारेपछि अ वै ध ध न्दाको फेला परेको हो । ती कम्पनीको नाममा म्याद गुर्जिएका बिष्कुट र पाउरोटीलाई पुनः धुलो बनाई नयाँ प्याकेजिङ्मा बिक्रीवितरण गर्दै बजारमा पठाउने गरेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सो कम्पनीलाई सोमबार छापा मारी सिल गरेको छ । महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार अखाद्य पदार्थलाई पुनः प्याक गरेर बजारमा पठाउने गरेका थिए । ‘म्याद गुज्रिएका सामाग्रीलाई बजारमा पठाएको खुलेपछि छापा मारेका थियौ कम्पनी पनि अवै ध  रहेछ, खाद्यान्न पनि अखाद्य रहेछ’, एसपी कोइरालाले भने ।

प्रहरीका अनुसार स्पर्श फुड प्रोडक्क र श्रीतारा फुड दुबै कम्पनी खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमतिसमेत लिएको छैनन । श्रेष्ठले करिब ३ वर्षदेखि सो काम थालेको प्रहरीले जनाएको छ । प्रहरीले कम्पनीमा फेला परेको भेनेगर ५४ कार्टुन, चिनी, क्रसर पाउडर, अजिनामोटो, चिउरालगायतका ठूलो मात्रामा अखाद्य पदार्थ नष्ट गरेको छ ।

श्रेष्ठलाई अ पराध महमाशाखाकै टोलीले ७ माघमा ठमेलबाट ६ हजार केजी न क्कली महसहित प क्रा उ गरेको थियो । उनले सो महपनि विभिन्न कफी सप र ठूला रेष्टुरेण्टहरुम पठाउने गरेका थिए ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 22nd, 2022 at 12:02 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया