मंगलबार २० मंसिर २०७९

उदयपुर । उदयपुरमा सडेको अवस्थामा एक पुरुषको श  व फेला परेको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ टोड्के १४ किलो भन्ने ठाउँमा अन्दाजी ५५ वर्षीय पुरुषको श व फेला परेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान अन्दाजी ८ बजे सिद्धिचरण राजमार्गबाट झण्डै ३० मिटर तल भीर पाखामा श व भेटिएको जिल्ला प्रहरी कार्यालय उयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए । घाँस दाउराका लागि जंगल पसेका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ ।

शव फेला परे पनि अनुहारको भाग किरा र औँसा परेर नचिनिने भएपछि थप पहिचानका लागि प्रहरीले हुलीया सहित तस्वीर सार्वजनिक गरेको छ । जस अनुसार मृतकले निलो आकशे रङ्गको जरीकोट (स्टकोट), गुलाबी रङ्गको पूरा बाहुले सट, निलो रङ्गको भेष्ट, कालो सफ्ट जिन्स पाइन्ट लगाएका छन् ।

त्यस्तै खैरो रङ्गको गलबन्दी घाँटीमा बेरेका छन् । मोटो शरीर ५ फिट ५ ईन्च उचाई, कपाल छोटो केही फुलेको अनुहारमा बाक्लो छोटो दारी छ । उमेर भने अन्दाजी ५० देखि ५५ वर्ष बीच अनुमान गरिएको प्रहरीले जनाएको छ ।

हातको कान्छी औला केही सानो भई मासु टासिएर हत्केला तिर नुहीएकाले औँला सीधा नहुने हुलीया इलाका प्रहरी कार्यालय कटारीले सार्वजनिक गरेको छ ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।

 


Last Updated on: February 22nd, 2022 at 12:19 pm
४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया