शुक्रबार ०५ आश्विन २०८०

दुबै हात नभएकी छोरी जन्मिँदा धेरै रोएका थियौं, अचेल गोडाले लेखेको देखेर मक्ख पर्छौ (भिडियो सहित)

भरतपुर अस्पतालमा जन्मिएकी छोरीलाई पहिलो पटक काखमा राख्दा बिष्णुबहादुर मल्ल दंग थिए। श्रीमती सुकमायालाई व्यथा लागेपछि अस्पताल पुर्‍याइहाले पनि अप्रेसन गर्नु परेको थिएन। कपडाले बेरिएकी छोरीलाई स्वास्थ्यकर्मीले बिष्णुको जिम्मा लगाइदिएका थिए।

बिष्णुले जब शरीरमा बेरिएको कपडा निकालेर हेरे, छोरीका दुबै हात थिएनन्। उनी झस्किए। जन्मिनुअघि उनले चितवन मेडिकल कलेजमा आमा र बच्चाको नियमित परीक्षण गराउने गरेका थिए। परीक्षणका रिपोर्टबाट आमा-बच्चाको अवस्था सामान्य छ भन्नेबाहेक अरू जानकारी पाएका थिएनन्।

उनले भरतपुर अस्पतालमा रहेका आफन्तलाई छोरीको हात नभएको सुनाए। स्वास्थ्यकर्मीसँग कुरा राखे। स्वास्थ्यकर्मीले ‘जन्म नै यस्तै भएको हो, भाग्यमै यस्तै रहेछ भनेर चित्त बुझाउनु’ भनेपछि उनले मन बुझाए।
बिष्णु र आफन्तले चित्त बुझाए पनि त्यो कुरा आमा सुकमायालाई थाहा थिएन। डिस्चार्ज भएर घर पुगेपछि मात्रै उनले छोरीबारे थाहा पाइन्। सुरूमा गाह्रो भए पनि बिस्तारै चित्त बुझाइन्।


Last Updated on: February 22nd, 2022 at 1:29 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया