
काठमाडौं। पछिल्लो समय स्त न सुन्दर बनाउन सर्जरी गराउने प्रचलन बढिरहेको छ । यो क्रेज युवा महिलाहरुमा बढी देखिएको छ । यस क्रममा सर्जरीमा भएको गल्तीका कारण महिलाले ज्यान गुमाउनु परेका खबरहरु पनि आउन थालेका छन् । यस्तै एउटा घटना अमेरिकाको कोलोराडोमा भएको छ । यहाँकी १८ वर्षकी एक किशोरीले स्त नको सर्जरीका कारण ज्यान गुमाउनु परेको छ ।
पिपुल म्यागजिनको एक रिपोर्टका अनुसार यी किशोरीको सर्जरी गर्ने प्लास्टिक सर्जनमाथि ह त्याको आ रो प लागेको छ । सर्जनको सर्जरीमा भएको खराबीका कारण यी किशोरी सर्जरीपछि १४ महिनासम्म कोमामा रहिन् र अन्ततः उनको मृ त्यु भयो । ५२ वर्षीय सर्जन डा. जेफ्री किममाथि एम्मालिन गुयेन नामकी यी किशोरीको ह त्याको आ रो प लागेको छ । पुलिस अधिकारीहरुले उनको गिरफ्तारीको वारेन्ट जारी गरेका छन् । वारेन्ट जारी भएपछि सर्जनले बुधबार आफैं पुलिससामु आ त्म समर्पण गरेका छन् ।
रिपोर्टका अनुसार किशोरीको परिवारको तर्फबाट कुनै आधिकारिक आ पराधिक मु द्दा दायर भएको छैन तर सर्जनले यो मामिलामा कैयौं आ रो प को सामना गर्नु पर्न सक्छ जसमा गु ण्डा गर्दी, ला परवाहीका कारण ह त्या र आफ्नो काम ठिकसँग नगर्नु जस्ता आ रो प छन् । यद्यपि आ रो पी सर्जनलाई गिरफ्तारीपछि ५ हजार डलर धरौटीमा रिहा गरिएको छ ।
जाँचकर्ताहरुका अनुसार १ अगष्ट २०१९ मा किमले १८ वर्षकी एम्मालिन गुयेनको स्तनको सर्जरी गर्दै थिए । सर्जरीका लागि नर्स रेक्स मिकरले एम्मालिनलाई बे होस बनाउनको लागि एनेस्थेसिया दिइन् जसका कारण एम्मालिनको हृदय गति रोकियो । यो घटना भइसकेपछि पनि डाक्टर किमले पुलिसलाई जानकारी दिएनन् । एम्मालिनको ब्रे न डे ड भयो र उनी कोमामा गइन् । उनी बोल्न पनि सक्दिनथिन् र बे ड बाट उठ्न पनि सक्दिनथिन् । यो घटनाको १४ महिनापछि उनको मृ त्यु भयो ।