सोमबार ३० साउन २०७९

गुल्मी जिल्लाको मानकोट घर भएकी सीता कुमाल आफ्नो श्रीमान गोरे भनेर चिनिने तेजबहादुर कमालले भाउजू लिएर फरार भएको बताएकी छिन । आफ्नै फुपुको बुहारी भाउजुलाई लिएर श्रीमान अहिले युएई गएर बसेको सिताको भनाई छ । श्रीमान ११ वर्ष देखि भाउजू लिएर बसेको उनको भनाई छ । पहिले फोन सम्पर्क हुने गरेको भएता पनि अहिले भने सबै तिर ब्लक गरेर बसेको उनको भनाई छ । १८ वर्षको छोरा सहित आफ्नो दुई संतान भएको र उक्त भाउजुको पनि ३ जना छोराछोरी भएको उनले बताईन ।

पहिले श्रीमान वैदेशिक रोजगारिको लागि दुबै गएको र पछि आफुलाई पनि उतै काम खोजेर बोलाएको हुनाले आफू पनि युएई गएको सिताको भनाई छ । युएईमा श्रीमान र आफू १ घण्टाको बाटो पर्ने ठाउँमा बस्ने गरेको उनले बताईन । त्यसको केही समय पछि भाउजुलाई पनि श्रीमानले नै पैसा लगाएर युएई बोलाएको सिताले बताएकी छिन । भाउजू युएई पुगे पछि भने उनिहरु साथमा रहेको सिताको भनाई छ । आफू युएई मै हुदा श्रीमान घर आएर भाउजुलाई लिएर हिडेको उनले बताईन ।

त्यसरी हिडे पछि स्थानिय समाज र आफन्तले छलफल गराएता पनि श्रीमान सहमतीमा नआएको उनले बताईन । पछि दुबै जना युएई आए पछि यहाँ पनि गुल्मी संघ मार्फत आफुले छलफल गराएको उनले बताईन । त्यस बिचमा छोराछोरीलाई र घरमा खर्च भनी ४ महिनामा श्रीमानले ४ लाख रुपैयाँ दिने र दुबै श्रीमतिलाई मिलाएर राख्ने सहमती गरेको सिताको भनाई छ । तर ४ महिना बितिसक्दा पैसा नदिएको र आफुसगँ भेट समेत नगरेको उनको भनाई छ ।

अहिले श्रीमानले आफ्नो नम्बर, फेसबुक सबैमा ब्लक गरेको सिताले बताईन । श्रीमान र भाउजू अहिले युएई मै सगैँ भएको र नेपाल पनि आउने जाने गरेको उनको भनाई छ । आफुले अहिले भने श्रीमानलाई बहुबिबाहको मुद्दा दायर गरेको उनले बताईन । तर त्यस पछि भने उनिहरु नेपाल नआएको सिताले बताएकी छिन । नेपाल आए सोही मुद्दामा पक्राउ परि फर्किन नपाउने भन्ने थाहा पाए पछि श्रीमान र उनिसगै फरार भएकी भाउजू दुबै जना अहिले उतै बसेको सिताको भनाई छ ।

आफ्नै फुफुकी बुहारी उक्त भाउजुको अहिले घरमा ३ जना छोराछोरी भएको उनले बताईन । श्रीमान भने नभएको सिताले बताएकी छिन । आफुले यहाँ मुद्दा दायर गरे पछि उनिहरु लुकेर बसेको सिताले बताईन । ११ वर्ष सम्म आफू मिलेर बस्ने कोसिसमा रहेको भएता पनि श्रीमान मिलेर बस्न नचाहेकोले अब आफुले आफ्नो अधिकार लिन खोजेको सिताको भनाई छ । साथै छोराछोरीको पनि नगरिकता लगायत उनिहरुले पाउने अधिकार पाउनु पर्ने उनले बताईन । (भिडियो हेर्नुस)


Last Updated on: February 22nd, 2022 at 3:31 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया