बिहिबार १५ मंसिर २०७९

केही दिन अघि सोलुखुम्बु घर भइ काठमाडौ बस्दै आएका मान बहादुर बिक आफ्नी श्रीमती लक्ष्मी शंकरले आफ्नो जग्गा र २२ लाख रुपैयाँ पैसा हिनामिना गरि अर्कैसगँ फरार भएको मिडियामा बताएका थिए । उनले लगभग ७५ लाख रुपैयाँ बराबर हि’ना’मि’ना गरि छोराछोरी समेत लिएर बिगत ७ महिना देखि फ’रार भएको बताएका थिए । लक्ष्मिले आफ्नो पैसा मात्र नभएर उस्कै माइतिमा आमालाई साची राखी सहकारिबाट पैसा निकालेर समेत फ’रा’र भएको उनको भनाई थियो ।

मानबहादुर मिडियामा आएको २४ घण्टा नबित्तै लक्ष्मी भक्तपुरको सुर्यबिनायमा फे’ला परेकी हुन । मिडियामा र मानबहादुर लगायत त्यहाँ पुग्दा केही बेर त्यहाँका स्थानियहरुसगँ पनि बिबाद भएको थियो । त्यसरी फे’ला परेकी लक्ष्मिले ७५ लाख हि’ना’मिना गरेको भनी झु’टो आ’रो’प लगाएको बताईन । आफू पनि निकै समय देखि वैदेशिक रोजगारिमा बसेर कमाएको उनको भनाई छ । श्रीमानले त्यो बेला आफुले कमाएको थुप्रै रकम डुबाएको लक्ष्मिले बताईन ।

श्रीमान र उस्को परिवारलाई आफुले पटक पटक बिदेश आउने जाने लगायत सम्पुर्ण खर्च ब्यहोरेको उनको भनाई छ । आफुले जति गर्दा पनि केही नभए पछि आफुहरुको सम्बन्ध बिगृएको उनले बताएकी छिन् । श्रीमान बिदेश गए पनि १ महिना नबित्दै फर्केर आउने र त्यो सबै ऋण आफुले तिरेको उनले बताईन । त्यहिबाट आफुहरुको सम्बन्ध बिग्रेको उनले बताईन् । तर आफुले ७५ लाख हि’ना’मिना गरेर नहिँडेको उनले बताएकी छिन् । माइती पक्ष साँची राखेर ऋण लिएको भने सत्य भएको उनले बताईन् ।

काम गर्दै जादाँ फ’सेको हुनाले त्यो अहिले तिर्न नसकेको उनको भनाई छ । लक्ष्मिका भाइले भने आफू र आमा साची बसेर निकालेको ऋण तिर्नु पर्ने बताए । संस्थाबाट आफुहरुलाई बारम्बार ताकेता गरेका कारण पनि आफुहरु खोज्दै आउनु परेको उनले बताए । लक्ष्मिले भने उक्त ऋण आफू तिर्ने बताएकि छिन । उक्त पैसा तिरे आफुहरुलाई हुने लक्ष्मिका भाईको भनाई छ । बाकी दिदी भिनाजुको के के कुरा छ त्यसमा आफुहरुको कुनै सरोकार नहुने उनले बताए ।

यता मानबहादुरले भने आफुले २२ लाख रुपैयाँ पैसा कमाएर पठाएको प्रमाण आफुसगँ भएको बताए । तर लक्ष्मिले भने ऋण आफुहरुको भएको र उक्त ऋण तिरेको बताएकी छिन । ऋण कति थियो त्यो केही नभनि आफुले पठाएको मात्र हिसाब गरेको लक्ष्मिको भनाई छ । मिटर ब्याजमा समेत पैसा लिएकोले त्यो सबै तिरेको हिसाब भने मानबहादुरले नदेखाएको उनको आरोप छ । समूह लगायतको पैसा भने अझै नतिरेको मानबहादुर बताउँछन । (भिडियो हेर्नुस)


Last Updated on: February 22nd, 2022 at 3:49 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया