सोमबार ३० साउन २०७९

हाम्रो देश नेपाल अनेकौ जातजाति, भेषभुषा, धर्मसंस्कृती, रहनसहन बोकेका मानिस बसोबास गर्ने एक साझा फुलबारी नै हो । यहाँ फरकफरक भाषा बोल्ने, धर्म मान्ने अनि अनेक चालचलनका मान्छेहरुको बाहुल्यता हामी भेट्टाउन सक्छौं । यहीँ कुराले पनि हाम्रो देश नेपाललाई बिश्वले चिनेको छ । तर बाहिरबाट हेर्दा जातियताको हिसाबले नेपाल सुसज्जित देखिएतापनी यस्ता कैयौं कुराहरु छ्न जसले हाम्रो देश नेपाललाई जातीयतामा कठोर देखाउँछ ।

यसको ज्वलन्त उदाहरण हो, अन्तरजातिय बिबाह । बिज्ञान र प्रबिधिको युगमा हाम्रो नेपालमा भने अझै मान्छेहरु अन्धबिश्वासको र कुरितिको पछाडी लागेको पाउन सक्छौं । यसैगरि हाम्रो नेपाली समाजमा अझैसम्म पकि नरुचाइएको बिषय हो, अन्तरजातिय बिबाह । पुरुष र महिला यदि दुई फरकफरक जात, धर्म एवम संस्कृतीका हुँदाहुँदै पनि उनिहरुबिच बिबाह हुन्छ भने त्यसलाई अन्तरजातीय बिबाह भनेर बुझिन्छ । आजको घटना पनि यहीँ अन्तरजातीय बिबाहको बिषयमा रहेको छ ।

दाङ जिल्लाको देउखुरी भैसखुङ्रा घर भएर बसोबास गर्दै आएका पहाडी समुदायका बाहुन मोहन र मदेशी थारु समुदायकि लुतन चौधरी बिचको लोभलाग्दो प्रेमले तपाईंलाई मोहित तुल्याउनेछ । उनिहरुको धुमधामका साथ बिबाह पनि भएको रहेछ । बाहुनको घरमा थारु परिकार खासै रुचाइएको पाइँदैन तर मोहनको घरमा भने त्यस्तो छैन लुतनले बनाएका थारु परिकार मीठो मानेर खान्छ्न मोहन र उनका परिवारजन ।

अबको एक महिनामा लुतनले एक बच्चालाई पनि जन्म दिदैछिन, हाल उनी गर्भवती अबस्थामा रहेकीछिन । यस्तो अबस्थामा उनलाई जतिसक्दो माया, स्याहारसुसार र खुसीको जरुरत पर्छ र मोहनले उनलाई खुसी राख्न हरप्रयास पनि गर्छन । थारुसँग बिबाह गर्दा भान्सा, बोलिचाली र संस्कृती मिल्दैन भनिन्छ तर यसो भन्नेहरुका लागि ज्वलन्त उदाहरण बनेको छ यो जोडि । थारु समुदायमा जाँडरक्सी खाएतापनी सबैको सपना जाँडरक्सी नखाने, माया गर्ने र जिन्दगीभर साथ दिने केटा परोस भन्ने रहेको लुतन बताउँछिन ।

मोहन भान्साको कामदेखि लिएर सबैकाममा सहयोग गर्दा रहेछन लुतनलाई । आफ्नो कामबाट छुट्टि मिलेको दिन दिनैभरी श्रीमतीले अर्‍हाएको काम गर्दै ठिक्क हुने उनी बताउँछन । श्रीमतीले बनाएका चौधरी परिकार आजभोलि मिठो मानिमानी खान्छ्न मोहन आजभोलि । खरिया आफ्नो मनपर्ने परिकार रहेको उनले बताए । डिक्री, खरिया, फुलौरी लगायतका अन्य थुप्रै परिकार बनाउँदी रहिछिन उनले । चौधरी केटि बिबाह गर्नु फाइदा छ भन्छ्न मोहन ।

चौधरी पोसाक भने आफूले माइत जाँदा मात्र लगाउने गरेको बताउँछ्न उनि । फुर्सदको समयमा श्रीमानश्रीमती मिलेर करेसाबारीमा समेत काम गर्दारहेछ्न उनिहरु । आफूले खाएर बेच्ने पनि गरेको बताउँछ्न उनी । लुतनले एउटा थारु गीत गाएर पनि खुब रमाइलो गरिन । एकै नजरमा लुतनसँग माया बसेको बताउँछ्न उनी । आफ्नो घरअगाडी कै बाटो लुतन हिड्ने गरेको र कतिबेला दिलमा घण्टि बजेको पत्तै नभएको बताउँछ्न मोहन । पछि प्रेम प्रस्ताब राखिसकेपछी पनि रिप्लाई धेरैपछि आएको उनले बताए ।

बाँकी हेर्नुस तलको भिडियोमा


Last Updated on: February 22nd, 2022 at 3:53 pm
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया