शुक्रबार १५ मंसिर २०८०

काठमाडौँ ।

चर्चित कलाकार तथा वरिष्ठ लोकदोहोरी गायक जयनन्द लामाको निधनले नेपाली कला क्षेत्र र सांगीतिक क्षेत्र गहिरो शोकमा डुबेको छ । कलाकार लामाको आज बिहाहन भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका(२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।

लामा पछिल्लो समय हाँस्य शृखला हल्का रमाइलोमा देखिँदै आएका थिए । उनको निधनसँगै हल्का रमाइलोका निर्देशक तथा कलाकार बल्छि ध्रुबेले स्टाटस लेख्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

त्यस्तै निर्माता, निर्देशक तथा हाँस्य कलाकार दीपकराज गिरीले पनि लामाको सम्झनामा भावविह्वल हुने स्टाटस लेखेका छन् ।

दीपकले लामासँग छक्का पन्जा ४ मा काम गर्ने आफ्नो इच्छा अधुरो भएको समेत स्टाटसमा लेखेका छन् । पढ्नुहोस् दीपकको स्टाटस जस्ताको त्यस्तै

“ज्वाइले बहिनी कुटेछ ,राम्रो धेरै राम्रो , तर कुटेको अलि मिलेनछ, त्यहि भएर मान्छे कसरी कुट्ने भनेर सिकाउनु आएको…” यस्ता थुप्रै लोकप्रिय संबाद ले म उहॉलाइ सम्झिरह्न्थे , सम्झिरहनेछू! हरेक भेटमा “ दीपक भाइ गायकको रूपमा त मेरो एउटा परिचय थियो ।

तर अभिनयले त मलाइ घर घरमा पुर्यायो “ उहॉ खुशि हूदै भन्ने गर्नु हुन्थो! साथै उहॉले हास्ने एउटा गज्जबको शैली थियो उहॉ संग जुन हामिले चलचित्रमा पनि प्रयोग गर्यौ, उहॉको त्यो हॉसो सुनेपछि एउटा छुट्टै माहौल नै बन्थ्यो… त्यो अजिबको हॉसो अनि तपाइका रसिक कुराहरू, सकारात्मक सोच र त्यो बिन्दासपना ,यी सबै अब सम्झनामा मात्रै रहे …यस्ता थुप्रै सम्झनाका संगालोहरू छाडेर परलोक प्रस्थान गर्नु भएको छ , छक्का पन्जा ४ मा दाइ संग काम गर्ने सपना पनि अधुरै रह्यो संसारको यो तीतो यथार्थलाइ स्विकार्न नचाहेर पनि स्विकार्नै पर्दो रहेछ! आदरणीय गायक तथा कलाकार जयनन्द लामा दाइ प्रति ह्रदय देखि नै हार्दिक श्रद्धांजली अर्पण गर्दछू! ….


Last Updated on: February 23rd, 2022 at 10:51 am
१७४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया