आइतबार १४ आश्विन २०८०

सामान्य डान्स भन्दा अलि फरक डान्स हो, बेली डान्स । पेटको भागहरुलाई नचाएर गरिने यो बेली डान्स बिशेष त अरबियन देशहरुमा चर्चित छ । यसैबिच नेपालमा पनि एक बेली डान्सरको चर्चा बढिरहेको छ, उनको नाम हो, बिनु शाक्य ।

सिन्धुपाल्चोककी चेली बिनुल् थुप्रै म्युजिक भिडियोहरुमा पनि काम गरिसकेकी छिन् । बिशेष त सानै उमेरमा उनी नृत्यमा लागिन् । अन्य चलिरहेका नृत्यको शैली छोडेर उनले नेपालमा पनि बेली डान्सलाई बिस्तार गर्नुपर्छ र यसको माध्यमबाट आफुले नेपाली गीतहरुमा र नेपाली पहिरनमा बेली नृत्य गर्दै देशका गीत र कलालाई बिश्व सामु चिनाउनु पर्छ भनेर उनले बेली डान्सलाई रोजिन् ।

सुरुका दिनहरुमा मान्छेहरुले बेली डान्सलाई नबुझ्दा नाईटो देखाएर चर्चामा आउन खोजी अथवा अँग प्रदर्शन गरेर भाईरल हुन खोजेकी भन्ने कमेन्ट बिनुले धेरै खेप्नु पर्यो । यतिबेला बिनुको बेली डान्सका फ्यानहरु टिकटकमा धेरै छन् ।

उनलाई ६ लाख भन्दा माथिले टिकटकमा फलो पनि गरेका छन् । अहिले पनि बेली डान्सलाई नबुझी नकारात्मक कमेन्ट दिनेहरु बिनुले धेरै भेट्छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै बिनुले आफ्नो सँघर्ष र पिडा सबै सुनाईन् ।[][]

भिडियो हेर्नुस[][]


Last Updated on: February 23rd, 2022 at 12:15 pm
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया