शनिबार २८ साउन २०७९

इलाम । इलाम नगरपालिका १० स्थित मेची राजमार्गमा बस दुर्घटना हुँदा १ जनाको मृ त्यु भएको छ । बस अनियन्त्रित भइ दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि बारा जिल्लाको सिम्राहागण नगरपालिका ७ का ३५ वर्षीय प्रदिप कुसवाहाको मृ त्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

४४ जना यात्रु लिएर इलाम घुम्न आएको ना. ४ ख ६२४८ नम्वरको बस सोमबार राति ९ बजे अनियन्त्रित भई सडकको नालीमा ठो क्कि ए र दुर्घटना भएको थियो । दुर्घटनामा परेको बसबाट कुसवाह झ्यालबाट हाम फाल्ने क्रममा बसले च्या प्दा घटनास्थलमै मृ त्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ४० वर्षीय धुरुप कुसुवाहको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । सोही दुर्घटनामा सामान्य घाइते भएका ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 23rd, 2022 at 12:42 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया