शुक्रबार १५ मंसिर २०८०

ओगादुगु ११ फागुन -बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको वि स्फो ट मा  परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो वि स्फो ट  भएको थियो । त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मा रि एका  समाचारमा जनाइएको छ ।

सो वि स्फो ट मा  परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृ त्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् ।सो खानी तत्कालै बन्द गर्न यहाँको स्थानीय सरकारले आदेश दिएको छ ।

बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो वि स्फो ट  भएको थियो ।प्रहरीले सो खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई प क्रा उ गरेको जनाइएको छ । खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 23rd, 2022 at 4:27 pm
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया