शुक्रबार १६ मंसिर २०७९

दार्चुला। भारतीय सेना बिनाअनुमति नेपाल प्रवेश गरेको छ। भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान बुधबार महाकालीमा पौडी खेलेर नेपाल आएका हुन् ।

महाकाली नगरपालिका–४ स्थित जिल्ला अस्पतालको ठिक पारिपट्टीबाट महाकालीमा पौडी खेली ढुंगामा रसी (डोरी) बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका थिए । नदीमा रेस्क्यु ट्रेनिङु गर्न अपराह्न ४ बजेतिर पौडी खेलेर नेपाल–भारत जोड्ने दुई रसी बाँधिरहेका थिए ।

त्यसै क्रममा नेपालका प्रहरी पुगी सेनाका जवानले नेपालतर्फ बाँधेको रसी फुकाएका छन् । अनुमतिबिना रसी बाँध्न नेपाल आएका सेनाका जवानलाई पौडी खेलेरै प्रहरीहरुले पारि पठाएका थिए ।महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले जुनसुकै क्रियाकलाप गर्दा नेपालको अनुमति लिनुपर्ने भए पनि नेपाली प्रशासनलाई त्यसबारे कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 10:07 am
३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया