शनिबार २८ साउन २०७९

काठमाडौं, फागुन १२ । यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली–२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ। सोही नियमावलीअनुसार यो वर्षको एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ।

रापबोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार नियमावली संशोधन भएसँगै सबै अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ, बोर्डले लब्धाङ्कपत्रमा प्रमाणीकरण गर्ने अधिकार मात्र पाएको छ। शर्माले भने,‘यसै वर्षदेखि परीक्षाको उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ, डिकोडिङलगायत सबै प्रदेशले गर्नेछ।

बोर्डले यो वर्ष प्रश्नपत्र छपाइ गरी प्रत्येक प्रदेशमा पठाएपछि परीक्षाको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ।’ लामो समयको प्रयासपछि बल्ल एसईई परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न पाएको जिकिर गर्दै उनले भने, ‘यसले गर्दा संघ, प्रदेश र स्थानीय तहको सहअस्तित्व कायम गर्न सफल भएका छौं।’ नेपाल समाचारपत्र दैनिकबाट

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 10:11 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया