सोमबार ३० साउन २०७९

काठमाडौं – चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए ।

लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति पुगेको उनले बताए । बिहानैदेखि उनको निवासमा नेपाली चलचित्रका निर्देशक, कलाकार, गायक, सङ्गीतकार, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी आउने क्रम बढ्दो छ । बिहान करिब २ बजेतिर लामा निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भि’त्तामा ठो’क्कि’एपछि र’ग’त अ’त्य’धि’क ब’गे’को पाइएको घटनास्थलमा पुग्नुभएका महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको छ । बा३च ७७४१ नंको कार लामा आफैले हाँ’केर घर नजिकै पार्किङ गरेको पाइएको छ । श’री’र घो’प्टो प’रे’को अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उहाँको परिवारलाई जानकारी गराएका थिए । लोकगायक, सङ्गीतकार, गीत सङ्कलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशिल थिए ।

‘कलकत्ते काइँयो केश मेरो बाङ्गोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तकदिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौँ, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।

विसं २०३० मा मनको बाँ’ध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गरेका लामाले लोकगीतको शब्द सङ्कलन, गायन, सङ्गीत तथा निर्देशनसमेत गर्दै आएका थिए । एक सयभन्दा बढी चलचित्र र दर्जनौँ टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृङ्खला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए । विभिन्न विद्यालयमा उनि सङ्गीत गुरुका रूपमा क्रियाशिल थिए ।

उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घन्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले।

सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भु’तुक्कै हुन्थे उनी। फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा। गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए। प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय छन्।

लोकगीत नेपालको परिचय बताउने लामा अहिलेका लोकगीत सुन्दा स्वाद न’मेटिने बताउथे। उनका अनुसार लोकगीतले लोकका कथा बोल्नुपर्छ। रीतिरिवाज, धर्मकर्म, चाडपर्व र संस्कृतिलाई बुझाउने हुनुपर्छ। पहिले गाउँमा सुनिने लोकभाकाको मिठास अहिलेका गीतमा नपाइने गुनासो गर्थे उनि। उनले भन्ने गर्थे, ‘लोकगीतभन्दा पनि छा’डा गी’तको बि’गबि’गी छ अहिले। लगानी उठाउन लोकगीतको मौ’लिकता बे’च्ने काम भइरहेको छ।’

केहि समय अघिको कुराकानीमा चलचित्रमा कमेडियन चरित्र निभाउन खप्पिस लामा लामो हाँसो हाँस्दै भन्छन्, ‘अहिले त समाचार पनि लोकलयमा गाउन थाले, कवितालाई पनि गीत बनाउन थाले। लोकगीतको मर्म खोज्ने फु’र्सद र धैर्य कसैलाई छैन।’ लोकगीतको नाममा कोठे गीत बजारमा आएको बताउँदै उनले ठेट भाकाको बास्ना नै गायब भएको गुनासो गरे। उनी भन्छन्, ‘लालबहादुर खाती, झलकमान गन्र्धव, राम थापा, पाण्डव सुनुवारहरू जीवनभर लोकसंस्कृतिको उन्नयनमा लागे। तर उनीहरूको जीवन अ’त्यन्तै दुःखदायी अवस्थामा बि’त्यो। अन्तिम अवस्थामा आर्थिक समस्यासँग जु’ध्नु पर्‍यो।’

जयनन्द आफू जीवनभर लोकसंगीतको पछि लागेकोमा भने अहिले खासै खुसी छैनन्। भन्छन्, ‘व्यापारमा लागेको भए करोडपति बन्थेँ होला, राजनीतिमा लागेको भए ठूलै नेता भइन्थ्यो होला। तर लोकगीतले सर्वहारा वर्गमै सीमित बनायो।’ उमेरले ६६ वर्षको उकालो हिँड्दै गरेका लामा अहिले पनि धमाकेदार गीत गाउँन सक्थे। मादल, मुर्चुंगा र तबलासँगै अकासिने उनको स्वरमा रमाउनेको संख्या प्रशस्तै छ।


Last Updated on: February 24th, 2022 at 10:18 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया