शुक्रबार १६ मंसिर २०७९

काठमाडौं । आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर कार्यक्रममा नायिका पुजा शर्मा धरधरी रोएकी छन् । उनी र्रापछि त्यहाको माहोल भाबुक बनेको थियो । चलचित्रका नायक पल शाहवि रुद्ध जाहेरी परेर उनी कार्यक्रममा उपस्थित हुन नसकेपछि पुजा भावुक बन्दै रौकी थिइन् ।

प्रिमियर कार्यक्रममा थुप्रै कलाकारहरुको भिडभाड रहेको थियो । सञ्चारकर्मीसँगको कुराकानीमा पुजाले पल शाहको नाम नलिइकन आफ्नो फिल्मको टिमलाई बज्रपात परेपनि दर्शले साथ दिने पुजाले बताइन् । राम्रो फिल्म बनाएका छौं, तपाईंहरुको साथ भयो भने बाँच्छौं । तर, यदि आँखा लागेकै हो भने सायद म यो इन्डष्ट्रीबाट आउट नै हुनुपर्छ जस्तो लागेको उनले बताइन् । जोडी मनकामना जानुहुन्न भन्ने बुढापाकाले भन्थे । हामी रियल जोडी त होइनौं, तर रिल जोडी हौं ।

हाम्रो लागि यो भनाइ सत्य उनले भनिन् । निर्देशक सुदर्शन थापाले पल शाहको विषयमा कुरा गर्दै कानूनले निस्पक्ष भएर न्याय दिने आशा व्यक्त गरे ।कार्यक्रममा बोल्ने अरु कलाकारहरुले पनि पललाई सम्झिएका थिए । फिल्मको प्रिमियरका क्रममा एक जोडी प्रहरी पल शाह खोज्दै हलभित्रै छिर्दा कार्यक्रममा स्तब्धता छाएको थियो ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 10:40 am
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया