शुक्रबार १६ मंसिर २०७९

गुल्मीका एक जोडीले आफुहरुको विवाह खर्च कटौती गरि विद्यालयलाई ५० हजार भन्दा बढिको अक्षय कोष स्थापना गरेका छन्।

जिल्लाको चन्द्रकोट गाउँपालिका-१, साराङ्ग निवासी नवराज खरेल र गुल्मीकै रुरुक्षेत्र गाउँपालिका, बलेटक्सार विधा खड्काले आफ्नो विवाहको खर्च कटौती गरि साराङ्ग कै शारदा माध्यमिक विद्यालयमा ५० हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्।

शुक्रबार खरेलले शारदा माविका प्रधानाध्यापक रामप्रसाद अर्याललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। खरेल त्यस विद्यालयमा पुर्व विद्यार्थी हुन्।

आइ टि एफ तेक्वान्दो अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय खेलाडी तथा खेल शिक्षक रहेका खरेलले त्यस विद्यालयको खेलकुद र स्काउटको विकासका लागि आफुहरुको विवाह खर्च कर्टौती गरि अक्षयकोषको स्थापना गरिएको बताए।

२०६४ देखि खेलकुद क्षेत्रमा क्रियाशील खरेल अहिले लुम्बिनी प्रदेश आइ टि एफ तेक्वान्दोका सचिव र डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन।

सालिमे अदुवा, बेसार तथा कृषि फार्मपछिल्लो समय तेक्वान्दो विश्व प्रतियोगिता दक्षिण पुर्बी युरोपको बुलगेरियामा सम्पन्न भएको खेलमा नेपालको तर्फबाट उनि सहभागी भएका थिए उनकी बेहुली बिधा खड्का रुरुक्षेत्र गाउँपालिकाकी स्काउट बिपत व्यवस्थापन आकस्मिक उदारकर्ता हुन।

त्यो जोडीले विवाहमा उपहार स्वरुप शारदा माध्यामिक विद्यालका शिक्षक विद्यार्थीहरुलाई १५ सय थान सर्जिकल मास्क समेत हस्तान्तरण गरेका थिए। विवाह भोजमा सिमित निम्तालु र सादा खाना थियो।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 11:09 am
३२० पटक हेरिएको

तपाईको प्रतिक्रिया