मंगलबार १२ मंसिर २०८०

काठमाडौं १२ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बिहान नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालमा सम्मानित नेता झलनाथ खनालसँगको छलफल पछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले एमसीसीको विषयमा छलफल गर्ने भएका छन् । आज दिउँसो बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएपछि गठवन्धनदल शिर्ष नेताहरुको छलफल बाक्लिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस एमसीसी जतिसक्दा चाँडौ पास गर्न लागि परेको छ । गठवन्धनका अन्य दलहरुले विपक्षमा मतदान गर्ने भन्दै आएका छन् । फागुन आठ गते पनि संसद बैठक अगावै प्रचण्ड बालुवाटार पुगेका थिए ।

जसको कारण उनी एमसीसी संसदमा टेबल गर्न राजी भएका थिए । कतै आज पनि बाहिर एउटा कुरा गर्ने प्रचण्डबाट एमसीसी समर्थन हुने त होइन भन्ने सबैको चासोको विषय बनेको छ ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 11:58 am
२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया