बिहिबार १४ मंसिर २०८०

काठमाडौं—१५ वर्षदेखि शिवराज वली दम्पत्ती जापानमा बसोबास गर्दै आएका थिए । टोकियोमा आफ्नै व्यवसायमा संलग्न यो नेपाली जोडीले गत वर्ष सन्तानको योजना बनायो । त्यसका लागि उनीहरु अमेरिकादेखि बेलायतसम्म पुगेर उपचार गर्न सक्थे । तर, शिवराजले नेपाल नै रोजे । त्यसको कारण थियो–वात्सल्य आईभीएफमा काम गर्ने प्रजनन विशेषज्ञ डा. सती कुमारीप्रतिको विश्वास । उनले ती विशेषज्ञ चिकित्सकलाई लामो समयदेखि पछ्याइरहेका थिए । त्यही कारण नेपाल आए । ती चिकित्सकबाट यो दम्पत्तिले आईभीएफ प्रविधीमार्फत सन्तान जन्माउने उपचार सुरु ग¥यो । उपचार प्रक्रिया अगाडि बढ्यो । शिवराजकी ४६ वर्षीया श्रीमती शारदा गर्भवती भइन् । सन्तानको योजना सफलतातिर अगाडि बढेपछि शिवराज शारदालाई नेपालमै छाडेर जापान फर्किए । आफन्तको रेखदेख र वात्सल्यकी प्रजनन विशेषज्ञ डा. आकृति भारतीबाट शारदाको गर्भावस्थाको निगरानी भइरहेको थियो । स्वास्थ्यमा कुनै समस्या थिएन् । २७ जनवरीका दिन शारदा नियमित चेकअपका लागि दिदी शेषकुमारी वलीसँग सामाखुसीबाट ट्याक्सीमा वात्सल्य जाँदैं थिइन् ।

वात्सल्यको ढोकैमा पुगेपछि उनको श्वास–प्रश्वासमा अप्ठ्यारो सुरु भयो । सँगै रहेकी दिदीलाई भनिन्, ‘दिदी मलाई गाह्रो भयो ।’ दिदीले सोचिन्, ‘बहिनीलाई व्यथा लागेछ क्यारे ।’ किनभने, गर्भवती हुने समय पनि निकट थियो । सफलता र सम्पन्नता ट्याक्सीबाट नझर्दै शारदाको हातखुट्टा र सिंगो शरीर निलो भइहाल्यो । एकदमै चिसो पनि । श्वास फेर्न अप्ठ्यारो भएको पाइएपछि उनलाई ट्याक्सीमै अक्सिजन दिइयो । लगतै, डा. आकृतिलाई खबर गरियो । ओपीडीमा बिरामी चेक गरिरहेकी उनी हतार–हतार तल झरिन् । ‘म ओपीडीमा थिए, नर्मल चेकअपमा आएको बिरामी गाह्रो भयो भनेपछि म तल झरे,’ डा. आकृति भन्छिन्, ‘तल झरेर हेर्दा उहाँको अवस्था जटिल देखे । श्वास फेर्न गाह्रो, शरीर निलो भएको र खकारमा रगत आएको थियो ।’ लगतै शारदालाई इमर्जेन्सीमा लगेर उपचार सुरु गरियो । इमर्जेन्सीको ढोकै नलगाएर चिकित्सकहरुले शारदाको शल्यक्रिया गरेर बच्चाहरु निकाले । शेषकुमारीले जापानमा शिवराजलाई फोन गरेर अवस्थाको जानकारी गराइन् । चिकित्सकहरुले केही समयपछि आएर भने, ‘मैले सरी भन्नुपर्छ, बच्चालाई जोगाउन सकेनौं । आमालाई बचाउने प्रयास गर्छौ ।’ उनले चिकित्सकहरुलाई जे–जे गर्नुपर्छ गर्न भनिन् । केही समयमै शेषकुमारी पनि केही क्षण अचेत भइन् ।

डा. आकृतिसँग खुसी साट्दै वली परिवार डा. आकृति आएर घरका बिरामीलाई बचाउन सक्ने अवस्था कम भएकाले आफन्तलाई खबर गर्न भनिन् । शारदालाई भेन्टिलेटरमा राखेर उपचार जारी राखियो । निकै पीडा छटपटिरहेका आफन्तहरु देखेपछि तीन घण्टापछि नर्सहरु आएर भने, ‘धेरै पीडा नलिनुस्, बच्चाहरुमा सुधार आएको छ । पहिलो बच्चा रोइसकेको छ । रोएपछि बच्चा ठीक छ भनेर बुझ्नुपर्छ ।’ राति १२ बजेतिर डा. विकास बराल र उनका साथी आएर काउन्सिलिङ गरे । त्यसपछि पुनः साढे ३ बजेतिर डा. विकास आएर शारदाले आँखा हेरेको खबर सुनाए । त्यसपछि उनकी दिदी शेषकुमारीले अलि हल्का महसुस गरिन् । तीन बजे उनी नवजात शिशुहरु राखिएको एनआईसीयुमा गइन् । ‘पहिलो बच्चा रोइन्, दोस्री टुलुटुलु आँखा हेरिरहेकी थिइन्,’ उनी भन्छिन्, ‘त्यसपछि धेरै नै आशावादी भए ।’ झण्डै ३० घण्टापछि शारदा पनि होसमा आइन् । उता जापानमा रहेका शिवराजले लगतै पिसिआर परीक्षणदेखि टिकटसम्मको तयारी सकेर भोलिपल्टै नेपाल फर्किए । ‘भाग्यले साथ दियो ।

नत्र यस्तो बेला सबै कुरा मिल्नु सहज हुँदैन्,’ उनले सुनाए । शिवराज काठमाडौं आएपछि लगतै अस्पताल पुगे । चिकित्सकहरुलाई उनलाई सिधैं आईसीयुमा लगेर शारदालाई भेटाए । ‘आधा घण्टाजति म आईसीयुमा बसे,’ शिवराज सम्झन्छन्, ‘त्यहाँ मैले शारदासँग नर्मल कुराकानी गरे ।’ वली दम्पत्ती सफलता र सम्पन्नतासँगै दिदी शेषकुमारीसँग डा.आकृतिकाअनुसार प्रगेनेन्सीका बेला ब्लड भोमिट हुनु भनेको इमर्जेन्सी अवस्था हो । ‘यो एकदमै इमर्जेन्सी अवस्था हो, जसलाई एमोनोटिक फ्लुड एम्बोलिज्म भनिन्छ,’ डा. आकृति भन्छिन्, ‘त्यही शंका गरेर हामीले तुरुन्तै अस्पताल पु¥यायौं ।’ इमर्जेन्सी तयारी अवस्था रहेकाले इन्टरभेट गर्दैगर्दा मुटुको चाल कम हुन थाल्यो । सिपिआर गर्नुपर्ने अवस्था आइपछि लगतै इमर्जेन्सी शल्यक्रिया निकालेर बच्चा निकालिएको उनी बताउँछिन् ।

‘बेवी निकालेपछि आमालाई आईसीयुमा राख्यौं,’ उनले भनिन्, ‘विस्तारै उहाँलाई सन्चो भयो । डा. आकृतिकाअनुसार ८० हजारमा यस्तो समस्या एक जना गर्भवतीमा देखिने गर्छ । शारदा ११ दिन अस्पताल बसेपछि घर फर्किइन् । साथमा थिए—सफलता र सम्पन्नता । जसले उनीहरुको जीवनमा खुसी भरेका छन् । त्यही खुसी साट्न केक बोकेर यो जोडी गत ५ फागुनमा वात्सल्य पुगेको थियो । त्यही उनीहरुले हेल्थआवाजसँग आफ्नो अभुनव साटे । हेर्नुहोस भिडियो
थप पढनुहोस:


Last Updated on: February 24th, 2022 at 12:50 pm
५२० पटक हेरिएको

तपाईको प्रतिक्रिया