सोमबार १९ मंसिर २०७९

काठमाडौ । गायक तथा कलाकार जयनन्द लामाको निधनले अहिले नेपाली फिल्म क्षेत्र शोकमा डुवेको छ । उनको असामयिक निधनको खबरले सबै स्तब्ध भएका छन् ।

बुधवार आफ्नै घर अगाडी कार नजिक उनी मृ त अवस्थामा फेला परेकी छन् । लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि नाचघर जमलमा राखिएको छ ।

शवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्। मन्त्री आले लामाको शवमा अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि राष्ट्रिय नाचघर जमलमा पुगेका थिए । उनले राष्ट्रिय झण्डा ओढाएका छन् ।

कलाकार लामाप्रति श्रद्धाञ्जली अर्पणका लागि कलाकार तथा सर्वसाधारण राष्ट्रिय नाचघरमा पुगेका थिए। लामाको शवलाई २ बजे स्वयम्भुमा बौद्ध परम्परा अनुसार अन्त्यष्टी गरिने कार्यक्रम रहेको छ।

यसअघि बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतले गायक लामाको निधनप्रति दुस्ख व्यक्त गरेका थिए। भक्तपुरको मध्यपुरथिमी नगरपालिका(१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 1:47 pm
२९० पटक हेरिएको

तपाईको प्रतिक्रिया