सोमबार २३ साउन २०७९

११ फागुन, रामेछाप ।
छ दिन अघि आफ्नै घरबाट ह राएका दिपेश मानन्धर भेटिएका छन् । रामेछाप मन्थली नगरपालिकाबाट २५ बर्षिय मानन्धर गति विहिवार बिहानबाट घरबाट बाहिर निस्किएपछि परिवारको सम्पर्कमा थिएनन् । घरमै मोबाइल छोडेर स म्पर्क वि हीन भएका मानन्धर आज मन्थली नगरपालिकाको भैसैश्वरमा भेटिएका हुन् । घरबाट स म्पर्क वि हीन भएपछि उनको परिवारको साथै जिल्ला प्रहरी कार्यालय रामेछापले टोली परिचालन गरेरै तीब्रता दिएको थियो ।

सुनापति गाउँपालिका–५ रुपाकोट स्थायी घर भइ हाल मन्थली नगरपालिकामा बस्दै आएका मानन्धर आज फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले रामेछाप न्युजलाइ बताए । उनका अनुसार अहिले मानन्धर आफ्नै घरमा रहेका छन् । दिपेश भेटिएसँगै चिन्तामा डुबेको परिवारमा खुसीयाली छाएको छ । उनको परिवारले खोजी कार्यमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएको छ ।

अमेरिकी सहयोग परियोजना ज्यान गए पनि संसदमा पेश हुन नदिने अडान लिएका सभामुख रातारात युटर्न हुनुको रहस्य बाहिरिएको छ । उनले आफ्ना छोराको भाग्य चम्काउन ब्याक भएको खुलासा भएको हो ।

एमसीसी प्रस्ताव प्रतिनिधि सभामापेस गर्न दिए वापत रुपक सापकोटा राजदूत बन्ने अवस्था सिर्जना भएको छ । रुपक सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका छोरा हुन् । अग्निप्रसादले छोरा रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आएका छन् ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।कांग्रेसले भारतका लागि डा। शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

जानकार स्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूत पद परेको छ । सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसकेका छन् तर प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो ।राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । छोरा रुपकलाई सो पदमा पनि बुवा अग्निप्रसादले नै पुराएका हुन् ।

तर, अब भने रुपकलाई राजदूत सिफारिस गर्नै पर्ने भएको छ । जानकार स्रोतहरुका अनुसार छोरा रुपकलाई चीनको राजदूत बनाउन नसके पनि कुनै देशको राजदूत बनाउनुपर्ने अग्निप्रसादको द वाब छ ।


Last Updated on: February 24th, 2022 at 1:49 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया