सोमबार ३० साउन २०७९

चीनको आ क्रोस : एमसिसी उपहार हो कि प्यान्डोराको बाकस ?

काठमाडाैँ । चीनले नेपालमा अमेरिकी एमसिसी अनुदान सम्झौता उपहार हो कि प्यान्डोराको बाकस भन्दै चर्को बि रोध जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रबक्ता हुवा चुनयिङ्ले बुधवार बेइजिमा आयोजित पत्रकार सम्मेलनमा एमसिसी उपहार हो कि प्यान्डोराको बाकस भनेर आ क्रोसमिश्रीत प्रश्न गरेकी छिन् ।

नेपाल एमसिसी सम्झौता पारित गर्न असफल भए त्यसले दुईपक्षीय सम्बन्ध प्रभावित हुने अमेरिकी भनाई तथा एमसिसी अमेरिकाको उपहार भएको भन्ने

अमेरिकी राजदुताबासको प्रतिक्रियाको उनले कडा प्रतिबाद गरिन् । ‘यस्तो ‘उपहार’ कसैले स्वीकार गर्न सक्छ ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस ?’ उनको प्रश्न थियो ।

अमेरिकी राजदूताबासले ५० करोड अमेरिकी डलरको अनुदानलाई अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार भनेका थिए । तर चिनियाँ प्रबक्ताले भनिन्, ‘ कुनै ‘उपहार’ अल्टिमेटमको प्याकेजका रुपमा आउने कुरामा म आश्चर्य चकित छु । मैले त यो नेपाली उखान ‘यो राम्रो देखिन्छ, तर चपाउन गाह्रो हुन्छ’ भन्नेमा परिणत हुने डर देखेकी छु ।’

चिनियाँ विदेश मन्त्रालयका प्रबक्ता वाङ वेनविनले बेइजिङ्मा ६ फागुनमा आयोजित पत्रकार सम्मेलनमा एमसिसीका नाममा अमेरिकाले नेपालमा जबर्जस्ती कूटनीति सञ्चालन गरेको भन्दै चीनले यसको विरोध गर्ने बताएका थिए ।

एक साताभित्रै चिनियाँ प्रबक्ताको भनाई छ, ‘चीनको स्थिर विश्वास छ कि अन्तराष्ट्रिय विकास सहयोग लेनदेनका क्रममा आपसी सम्मान र समानताको सिद्धान्त लागु हुनुपर्छ, मुलुकको सार्वभौमसत्ताको चासो तथा जनताको चाहनालाई पूर्णरुपमा सम्मान गरिनुपर्छ, मुलुकको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेप हुनु हुँदैन, कुनै राजनीतिक स्वार्थ जोडिएको हुनु हुँदैन, जबर्जस्ती कूटनीति हुनु हुँदैन र आफ्नो स्वार्थको हितका लागि कुनै पनि हालतमा अन्य मुलुकहरुको सार्वभौमसत्ता र हितको हनन गरिनु हुँदैन ।’

नेपाल मामिलामा अमेरिका-चीन आमनेसामने

काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा घरेलु राजनीतिक दल विभाजित भइरहँदा विश्वका प्रमुख शक्ति राष्ट्रहरु अमेरिका र चीन नेपाल मामिलामा खुला रुपमा प्रतिक्रियात्मक भएर आएका छन् ।

बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको छ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, ‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ।’

नेपालमा एमसीसीको विषयले राजनीतिक ध्रुविकरण बढ्दै गएको समयमा चीनले पहिलो पटक औपचारिक रुपमा धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ परराष्ट्र प्रवक्ताको धारणाा आउएकै समयमा शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि ट्विट गर्दै एमसीसीको विषयलाई लिएर हिंसा भड्काउने कुरा स्वीकार्य नहुने धारणा सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् ।

एमसीसी सदनमा दर्ता भएपनि अघि बढेको छैन । एमसीसीको विषयमा चाँडो निर्णय लिन अमेरिकी दबाब बढ्दै गएको छ । त्यसै विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको दौडधुप पनि बढेको छ ।

सत्ता गठबन्धनका नेताहरु यही विषयमा विभाजित भएका छन् । सत्ता गठबन्धन नै धरमरमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस संसदमा टेबुल गर्ने पक्षमा रहेका छन् अन्य सत्ता साझेदार दलहरुले सम्झौतामा संशोधन हुनुपर्ने बताउँदै आएका छन् ।

 


Last Updated on: February 25th, 2022 at 12:29 pm
७११ पटक हेरिएको

तपाईको प्रतिक्रिया