सोमबार ३० साउन २०७९

पुर्व मेची देखि पश्चिम महाकालीसम्म उल्टो हिडेर नै पैदलयात्रा गर्दै आएका ॠषि परियार अहिले हेटौडा वडा नम्बर १९ को नेवारपानी भन्ने ठाउँमा आइपुगेका छ्न । पछिल्लो समय आफ्नो कामले जताततै छाएको नाम हो ॠषि परियार, उनले उल्टो हिडेर नै पुर्वको मेची देखि पश्चिमको महाकाली पुग्ने अठोट गरेका छ्न र उनले आफ्नो पैदलयात्रालाई निरन्तरता पनि दिदै आएका छ्न । पत्रकार भोजराज थापाले उनलाई बधाई र सुभकामनासहित एउटा नेपाली झण्डा पनि दिएका छ्न ।

बिगत २६ दिनदेखी उनले यो कठिन पैदलयात्रालाई निरन्तरता दिदै आएका छन र आज उनिसँग एकदमै अनौठो कुराकानी भएको छ । पत्रकार पनि उनिसँगै उल्टै हिडेर नै उनको अन्तरबार्ता लिएका छ्न । २६ दिनमा लगभग ४२० किलोमिटर हिडेको बताउँछ्न उनी । त्यहाँका स्थानीयबासिन्दाले पनि उनलाई बधाई तथा सुभकामना दिएका छ्न । आफू जहाँ पुग्यो त्यहाँको टिकटक आउने हुँदा आफू कहाँ पुगे भनेर टिकटकमार्फत नै अपडेट भएको उनले बताए । टिकटकम आफ्नो भिडियो खिचेर हाल्ने साथिहरुलाई उनले धन्यबाद पनि दिए ।

उनको यो यात्रा हामिले सोचेजती सहज भने छैन, ४२० किलोमिटर हामी सुल्टै हिड्न त सोच्न पनि सक्दैनौ अझ उनले यत्तिका दुरि उल्टो हिडेर पार गरेका छ्न । आफूलाई हुने अनेक दुख र पीडा बिर्सेर गर्बका साथ काँधमा राष्ट्रिय झण्डा बोकेर हिड्ने यस्ता नेपालीलाई हृदयदेखि नै नमन छ । यस्तो देशभक्ती कहाँ पाइन्छ र आजभोली । सुरुसुरुमा आफूलाई उल्टो हिड्ने बानी नभएकोले निकै नै कष्ट भएको उनले बताए ।

उनी आफ्नो नारा “स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदलयात्रालाई” शिरोधार्य गर्दै आफ्ना पाइलाहरु बढाएका बढाई छ्न । उनले उल्टो हिडेर दिन खोजेको सन्देश भने स्वास्थ्यका लागि हिड्न कुद्न जरुरी छ भन्ने रहेको छ । “उल्टै हिड्नुपर्छ भन्ने जरुरि छैन तर हिड्दाकुद्दा स्वास्थ्यलाई फाइदा हुन्छ, एउटा अठोट लिएपछी मान्छेले जे पनि गर्न सक्छ भन्ने देखाउन र आफ्नो उल्टो हिड्ने कला प्रस्तुत गर्न आफुले यो गरेको हो ।” भन्छ्न उनी । आफूले नेपालि झण्डा बोकेकै कारण सबै नेपालीसँग नजिक भएको उनको भनाई छ ।

यहीँ नेपाली झण्डाकै कारण आफुले अत्यधिक मायाको साथसाथै सम्मान पनि पाएको उनी बताउँछ्न । आफूले यो काम ब्यक्तिगत स्वार्थको लागि नभएर देशको लागि गरेको उनको भनाई छ । उनले यो उल्टो हिड्न सुरुगर्दा कसैले पनि सक्छ भनेर बिश्वास नगरेको र कहाँ बिचैमा गएर छोड्छ समेत भनेको उनले बताए । कतिपय मान्छेले त झ्यालबाट कर्‍हाएर पा’गल समेत भनेका रहेछ्न ।


Last Updated on: February 25th, 2022 at 12:32 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया