शुक्रबार १६ मंसिर २०७९

काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको मृ:त्यु भएको छ ।

मृ:त्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृ:त्यु भएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो ।

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

अभिनेता पल शाहले आफूमाथि नियोजित र ष’ड्य’न्त्रपूर्ण ढङ्गले प्र’हा’र गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू र एक गायिकासँगको सम्बन्धबारेको अडियो सार्वजनिक भएपछि आफूलाई ‘फसाउन खोज्ने व्यक्ति’ भन्दै ४ जनाको नामसमेत सार्वजनिक गरेका हुन् ।

अभिनेता पल शाहविरुद्ध गायक दुर्गेश थापाले रचेको कडा ष’ड्य’न्त्रको अडियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उत्कर्षमा पुगेको छ । गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल विरुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा आँफुविरुद्ध ब’ला’त्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोल्दै सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध ष’ड्य’न्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका हुन् ।

१७ वर्षीया एक गायिकाले ब’ला’त्का’रको आरोपको लगाएर प्रहरीमा उजुरी दिएपछि पलले फेसबुकमा आफूमाथि गम्भीर ष’ड्य’न्त्र भएको लेखेका छन् । पलले आफूलाई दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले फसाउन खोजेको बताएका छन् । उनले आफू दोषी भएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

‘उक्त अडियो क्लिपमा भनिए अनुसार “पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो”, “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ वर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै “घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो’, पलले लेखेका छन् – ‘यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’


Last Updated on: February 25th, 2022 at 12:54 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया