सोमबार ३० साउन २०७९

खाँदबारी सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्काबाट गर्भवती महिलाको उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव भएकी भोटखोला– १ किमाथाङ्का निवासी १७ वर्षीया गर्भवती पेम्बाल्हामु च्यावाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

गर्भवती १७ वर्षीया च्यावाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि च्यावालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ।

लगिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक स्टाफ नर्स अमृता तामाङले बताउनुभयो । गर्भवती च्यावालाई अत्यधिक रक्तस्राव भएपछि बुधबार दिउँसो किमाथाङ्का स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।

स्वास्थ्य सहसंयोजक तामाङका अनुसार गर्भवती च्यावाको रक्तस्राव नरोकिएपछि अपराह्न ४ बजे थप उपचारका लागि हेलिकोप्टरमार्फत काडमाडौँको थापाथली प्रसूति गृहमा लगिएको हो । सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म आधा दर्जन बढी सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको छ ।

Post navigation
रूसी आक्रमणपछि युक्रेनहरुले देश छोड्न थाले, आफ्नो देशमा बाहिरको सेना प्रवेस गर्दा के हुन्छ देश र नागरिकको हालत यो तल तस्विरमा हेर्नुहोस ( केहि तस्विर सहित)
कतिपय कुराहरु समिक्षाको जिन्दगीको लागि घा’त’क भएकोले आफू चु’प लागेको तर आफैलाई दो’षी देखाएपछी सत्यको लागि बोल्नु बा’ध्य भएको पलको दा’बी(भिडियो हेर्नुस


Last Updated on: February 25th, 2022 at 12:58 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया