शुक्रबार १६ मंसिर २०७९

धनगढी,१० फागुन । धनगढीमा डेरा गरी बस्ने आमा छोरा गत माघ २७ गतेदेखि बेपत्ता भएका छन् । बैतडीको मेलौली नग रपा लिका वडा नं ५ सेराका घर भई धनगढी उपमहानगरपा लिका वडा नम्बर ३ मिलन चोकमा बस्दै आएका दमन बहादुर चन्दकी
श्रीमती वर्ष २७ की पुष्पा कुमारी चन्द र छोरा वर्ष ५ को आदेश गत माघ २७ गते देखि बे’पत्ता भएका हुन । कञ्चनपुरको शुक्लाफाँटा १ बन्सा टोल बस्ने लोकेन्द्र विष्टले श्रीमतीलाई ललाइ फकाइ भारतमा लगी बेच बिखन गरेको आशंका गरेका छन् । विष्टले भारतमा राम्रो जागिर लगाइ दिने समेतका अनेकौँ लोभ, लालच देखाइ, भुलाई फकाइ गरेर छोरा र श्रीमतीलाई भारतमा लगी बेपत्ता पारेको श्रीमान् दमन चन्दले बताए ।

नेपाली सेनाको श्री भैरव गण थलाहा ब्यारेक मोरङमा प्युठ दर्जामा कार्यरत चन्दले आफ्नो छोरा र श्रीमतीलाई खोजी गरिइदिनको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दर्ता समेत गरिसकेको बताए । राम्रो स्कुलमा पढाउन भनी श्रीमतीले छोरालाई धनगढीको क्रिष्टल स्कुलमा यु.के.जी.मा भर्ना गराई पढाइ रहेको र एक्कासि श्रीमती र छोरा बेपत्ता हुँदा आफू समस्यामा परेको चन्दले बताए ।

कञ्चनपुरका लोकेन्द्र विष्टले श्रीमतीलाई भारतमा राम्रो जागिर लगाइ दिने समेतका अनेकौँ लोभ, लालच देखाइ, भुलाई फकाइ पारेर मेरो छोरा र श्रीमतीलाई भारतमा लगी बेपत्ता पारेको बताए । यस्तै श्रीमतीलाई विभिन्न आफन्त र समूहको रिन तिर्नू भनी गत महिना एक लाख पठाएकोमा श्रीमतीले कसैको रिन नतिरी उक्त एक लाख पनि साथमै लगी गएको चन्दले बताए ।

यस्तै विवाह गर्दाको समयमा र त्यसपछिको विभिन्न मितिमा किनिदिएको सुन तोला १ को कुण्डल, २ तोला छड्के तिलहरी,१ तोलाको मङ्गल सूत्र आधा तोलाको औँठी, नथु समेत गरी ५ तोला सुन समेत साथमै लगी बेपत्ता भएको चन्दले बताए ।


Last Updated on: February 25th, 2022 at 1:19 pm
३२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया