शुक्रबार ०५ आश्विन २०८०

काठमाडौ । नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आ क्र म णको भएपछि अहिले समस्या उत्पन्न भएको छ । स्वास्थ्यकर्मीहरु सुरक्षाको प्रत्याभुती न
हुँदा सम्म काम गर्दैनौं भन्दै आन्दोलनमा उत्रिएका छन् । घटनाको नेपाल नर्सिङ संघ बाँकेले निन्दा गरेको छ ।

संक्रमित विरामीको उपचारका क्रममा मृत्यु भएपछि विहिवार नर्स र चिकित्सक माथि नै हात पात भएको थियो । स्वास्थ्यकर्मीहरु कति लुकेर र कतिले एक तला माथि वाट हाम फालेर ज्यान जोगाएका थिए । डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङ पहिलो तलाबाट हाम फालेका हुन् । नर्सिङ संघ बाँकेले निन्दा गर्दै दो षी माथि कारवाहीको माग गरेको छ ।

संघका बाँके अध्यक्ष लक्षमी केसी ओलीले विज्ञप्ती जारी गरिएको विज्ञप्तीमा भनिएको छ९‘बिरामीको सेवामा निस्वार्थ भावले अनवरत लागी रहेका चिकित्सक, नर्सिङकर्मी र आम स्वास्थ्यकर्मी माथि भएको सां घा तिक अ परा धजन्य घोर निकृस्ठ घटनाको नेपाल नर्सिङ संघ बाँँके भत्सर्ना गर्दै संघको गम्भीर ध्यानाकर्षण भएको छ।

निरन्तर श्रृंखलाबढ ढंगले शक्तिको आडमा वा अन्य समुहबाट हुने यस्ता अ परा धजन्य प्रवृत्तिका घटनामा संलग्न दो षि ब्यक्ति वा समुहलाई अबिलम्ब नियन्त्रणमा लिइ कडाभन्दा कडा कार्बाहि गर्न र आगामी दिनमा शान्ति पुर्ण बाताबरणमा निर्भीकका साथ स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन नेपाल सरकार र स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गर्दछौं ।’

घटनाको छानविन गर्न स्थानीय प्रशासनले मध्यराती सहयाक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनाएको छ । प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तीनजना मध्ये दुईजना डिल्लीका छोरा र एकजना भाइ रहेको खुलेको छ ।


Last Updated on: May 28th, 2021 at 7:27 pm
२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया