शुक्रबार १६ मंसिर २०७९

काठमाडौँ । सफा मनका भनिएका दुर्गेश थापा पटक पटक विबादमा तानिए । जे पायो त्यही गीत गाउने, नराम्रा र छाडा शब्दहरुलाई प्रयोगमा ल्याएर भाइरल बनेका मोडल दुर्गेश मनका भने सफा नभएको उनको पछिल्लो हर्कतले देखाउँछ ।

पल शाह विरुद्ध हात धोएर लागेका दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशीले देखाएको घिनलाग्दो हर्कतको ४० मिनेटभन्दा लामो अडियोले उनीहरु राम्रा साथी नभएको र साथीका नाममा गलत मान्छे भएको भन्दै सामाजिक संजालमा उनको व्यापक आलोचना भइरहेको छ ।

जब दुर्गेशले पलविरुद्ध यस्तो नराम्रो घृणित् काम गरेको अडियो र समिक्षा, कृष्ण, सरोज, दुर्गेशको संलग्नता भएको अडियो भाइरल बन्यो त्यसपछि पल शाहलाई गाली गर्नेहरु कम र दुर्गेश र उनको समुहलाई गाली गर्नेहरुको संख्या बढ्दो छ ।

प्रहरीबाट पक्राउ पुर्जी जारी भएपश्चात नायक पल शाहले आफ्नो बचाउमा विभिन्न अडिओहरू बाहिर ल्याएसँगै अडिओमा पललाई उनीविरुद्ध षड्यन्त्र भइरहेको भनेर उनीहरुले कुरा गरिरहेको सुनिन्छ । अडिओमा दुर्गेशको समुहले पलसँग एक करोड लिएर गायिकालाई थामथुम पारिदिने आश्वासन सरोज ओलीले दिएका छन् ।

त्यसबाट ५० लाख रूपैयाँ आफू खाने र ५० लाख गायिकालाई दिएर उनीहरूको विवाद सल्टाउने योजना समेत सुन्न सकिन्छ । फेसबुकमा स्टाटस लेख्दै पलले आफूविरुद्ध गायिकालाई प्रयोग गरेर नियोजित षड्यन्त्र गरेको भन्दै साथी दुर्गेश थापा, ठुल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागार्ईं विरुद्धको षड्यन्त्रमा संलग्न रहेको स्पस्ट रुपमा लेखेका छन् ।osnepal बाट


Last Updated on: February 25th, 2022 at 4:38 pm
१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया