बिहिबार ११ आश्विन २०८०

काठमाडौं । तनहुँ पुगेर एक गायिकाले अभिनेता पल शाहविरुद्ध उजुरी दिए लगत्तै पल अहिले प्रहरीको फरार सुचिमा रहेका छन् । बुधबार ज बर जस्ती क ,र ,णी को उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गरेको भएता पनि अहिलेसम्म पललाई समात्न प्रहरी असफल छ ।

पलको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय अ प,राध महाशाखा लागिपरेको प्रहरीले जनाएको छ । उजुरी परे लगत्तैदेखि प्रहरीले खोजीकार्य अगाडी बढाएको भएता पनि उनी बस्दै आएको क्षेत्र शान्तिनगरमा भने छैनन् ।

प्रहरीका अनुसार यतिबेला उनको मोवाइल लोकशनको आधारमा उनको खोजी तीव्र पारिएको छ । सो क्रममा उनको अन्तिम मोवाइल लोकेशन कोटेश्वर र ग्वार्को बीचको क्षेत्र बालकुमारीमा भेटीएको अनुसन्धानबाट खुलेको छ ।

उनको मोवाइल पछिल्लो पटक बालकुमारी नजिकै मनोहरा खोला नजिकबाट उनको मोवाइल स्वीच अफ भएकाले उनी बसेको स्थान पत्ता लगाउन प्रहरीलाई समस्या परेको छ । उनले प्रयोग गर्दै आएका सबै मोवाइल नम्बर अफ छन् । ‘बुधबार राति साढे १० बजे बालकुमारीमा उनको फोन अन नै रहेको त्यसयता उनले आफूले प्रयोग गर्दै आएका सबै नम्बरहरु अफ गरेका छन् ।

पलको खोजीमा प्रहरीले सुक्ष्म अनुसन्धान समेत थालेको छ । पलले बिहीबार आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै फेसबुक स्टाटस लेखेका थिए । पलले ति गायिकाविरुद्ध साथी दुर्गेश थापा, गायक सरोज ओली र आफ्नै म्यानेजर कृष्ण जोशीले लामो समयदेखि षड्यन्त्र रचिरहेको आरोप समेत लगाएका छन् ।


Last Updated on: February 25th, 2022 at 4:49 pm
२३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया