सोमबार ३० साउन २०७९

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेताली घर भएकी ज्योति कार्की युक्रेन गएको १ वर्ष भयो । उनी त्यहाँ अधययन गर्दैछिन् । अहिले रुसले युक्रेन”माथि ह म”ला सुरु गरेको छ ।

कार्की युक्रेनको राजधानी किभमा बस्थिन् । त्यहाँ करिब १ सय जति नेपाली विद्यर्थी थिए । तर, राजधानी छोड्न अनु”रोध आएपछि उनी अहिले त्यहाँबाट हिडिसकेकि छिन् ।

राजधानी छोड्न आदेश आएपछि किभबाट बाहिरिएकी कार्की अब कता जाने भन्नेमा अन्यौल छिन् । हाल लिभिभमा रहेकी उनी अब कसरी त्यहाँबाट बाहिर निस्कने भन्ने चिन्तामा छिन् । उनले फेब्रअरी २४ बाट बम पड्किन सुरु भएको र त्रास सुरु भएको बताएकी छिन् ।

उनीसँगै नेपाली विद्यार्थीहरु पनि त”नावमा छन् । खार्किभ र ओडेसामा पनि नेपाली विद्यार्थीहरुको बाक्लो उपस्थिती छ । युक्रेनका ३ शहरमा गरेर ४ सय जति नेपाली छन् ।

ज्योति कार्की त्यहाँ आउने हरेक समाचारमा अपडेट भने छिन् । छिन छिनमा फेरिने समाचारले भने उनीसहित सबैलाई त्र”सित बनाएको छ । तत्काल निर्णय लिएर राजधानी किभबाट लिभिभ पुगेपनि अब कता जाने र कसरी निस्कने भन्ने निर्णय गर्न उनले सकेकी छैनन् ।

लिभिभ पोल्याण्डको सिमा क्षेत्र हो । पोल्याण्ड छिर्न खोजेपनि उनीहरुलाई छिर्न दिईएको छैन । राजधानी किभ र लिभिगको दूरी ४६८ किलोमिटर छ ।

पोल्याण्ड छिर्न नदिएपछि उनीसँगै अहिले सबै बाहिरै छन् । ४६८ किलोमिटरको दूरी पार गरेर लिभिभ पुगेपनि पोल्याण्ड छिर्न नपाएपछि उनीहरुको ठूलो समूह अहिले रोकिएको छ । कम्तीमा पोल्याण्ड छिर्न पाए हुन्थ्यो भन्ने सबैको चाहना छ ।

नेपालमै फर्किन सहज भएको अवस्थामा नेपाल नै फर्किने भन्ने सोच रहेको भएपनि अहिलेसम्म कसैले सहयोग नगरेको कार्कीको गुनासो छ ।

नेपाली दूतावासले युक्रेनमा रहेका विद्यार्थीको तथ्यांक संकलन गरेको भन्ने जानकारी आएपनि भारतले जसरी आफ्ना विद्यार्थी फिर्ता लैजाने भन्ने सूचना नेपाली दूतावासले दिएको छैन । त्यसकारण त्यहाँ रहेका नेपालीहरुको विचल्लि भएको छ । बिजपाटि बाट


Last Updated on: February 25th, 2022 at 4:53 pm
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया