सोमबार १९ मंसिर २०७९

काठमाडौं, फागुन १४ । अमेरिकी अनुदान सहायता (एमसीसी)को वि रोधमा प्रहरीमाथि ढु ङ्गा हा न्ने क्रममा घाइते भएका प्र दर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् ।

काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीवि रुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।

प्र दर्शनकारीले प्रहरीलाई हा नेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट ला गेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उ द्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो । ईंटा ला गेर उनको टाउकोको हड्डी फु टेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्र दर्शनकारी घाइते भएको सूचना पाउनासाथ नजिकैको प्रहरी टोलीलाई उ द्धार गर्न निर्देशन दिइएको बताए । उनले भने, “घाइतेको टाउको पछाडि चोट लागेकाले प्र दर्शनकारीले नै हानेको हुनुपर्छ । यद्यपि यसबारे हामी अनुसन्धान गरिरहेका छौँ ।”

बुद्धनगरमा घाइते भएका अवस्थीलाई प्रहरीले उ द्धार गरी अस्पताल पुर्‍याएको थियो । टाउकोमा गहिरो चो ट लागेर बेहोस भएका उनलाई थप उपचारका लागि एभरेस्ट अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल पुर्‍याइएको थियो । ट्रमा सेन्टरमा समेत उपचार हुन नसकेपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो ।

न्युरो अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएको थियो । घाइतेको रगत समूह ओ नेगेटिभ रहेको र उक्त समूहको रगत अभाव देखिएपछि प्रहरीले उपत्यकाभरका प्रहरी कार्यालयमा सन्देश पठायो । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामिनाथ यादवले अस्पताल पुगेर रक्तदान गरे र शल्यक्रिया सफल भएको आजको गोरखापत्र दैनिकमा खवर छ


Last Updated on: February 26th, 2022 at 10:46 am
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया