
काठमाडौं ।
संकटको अवस्था देखापरेका बेलामा प्रधान सेना पती प्रभुराम शर्माले अर्थपुर्ण अभिव्यक्ती दिएका छन् । नेपाल देशको रक्षाका लागी नेपाली सेना कटिबद्ध भएको भन्दै शर्माले कहिँ कतै बाट पनि देश माथी खत रा भएमा सेनाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् । सेना प्रति नागरिकको विश्वास गुम्न नदिने प्रतिवद्धता
पनि प्रधानसेनापति शर्माले गरेका छन् । बुधबार मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण पूर्वाधार निर्माणकार्यको शिलान्यास गर्दै शर्माले चिसापानी गढी पहिले पनि सामरिक (युद्धको) रुपमा महत्वपूर्ण रहेको र अहिले पनि महत्वपूर्ण भएको बताए ।
आवश्यक भएको समयमा पनि सुरक्षा फौजको अंगहरु चिसापानी गढीमा आएर बस्न सक्ने” भन्दै स्थानीयको भूमिका र सहयोगको अपेक्षा समेत शर्माले गरे महत्वपूर्ण गढीहरुको संरक्षण”“नगरे इतिहासको धरो,,हरहरु लोप हुदै जाने उनको भनाई थियो । नेपाली सेनाले मकवानपुर को चिसापानी गढीको संरक्षणको लागि जस्तोसुकै
सहयोग गर्ने प्रधानसेनापति शर्माले प्रतिबद्धता व्यक्त गरे यो गढीको विकास को महत्व हाम्रो भविष्यको सन्ततीलाई बुझाएर”“संरक्षण गरेर राखिदिनु हाम्रो कर्तव्य हो शर्माले भने । नेपाल को अन्य गढी। किल्ला गणहरुमध्ये मकवानपुरको चिसापानी गढीलाई महत्व पूर्ण मानिएको छ । प्रधानसेनापति शर्माका अनुसार आफ्नो नागरिक
आफ्नो देशको सार्वभौमसत्ता र आफ्नो ऐन–कानुन “विदेशीहरुलाई लगाउन बनाइएको गढ किल्लाहरुको धेरै ऐतिहासिक महत्व छ । मल्ल राजा शाहवंश राणाकालिन अवस्थामा चिसानपानी गढीको प्रमुख भूमिका रहेको थियो । वैद्यरअवैद्य रुपमा नेपाल छिर्नेहरुको लागी
भिसा चेक गर्ने ठाउँ भएकोले यो अन्य गढीहरुकोभन्दा महत्वपूर्ण मानिन्थ्यो “देश को अहिलेको गृह मन्त्रालय,अर्थमन्त्रालय र रक्षा मन्त्रालयको काम यही ठाउँबाट हुने गरेको थियो । शर्माले भने । मकवानपुर को चिसापानी गढीको संरक्षण आधुनिक समयमा आधुनिक
तरिकाले हुनुपर्नेमा शर्माले जोड दिए । पर्यटकीय क्षेत्रका रुपमा चिसापानी गढीलाई लिइने भएकाले यसको फाइदा सबैले लिन सक्ने उनको भनाई थियो । यि सेनापतिले गर्लान त भने जस्तो काम अब सेनापति हुदाको प्र”तिवद्धता