सोमबार २३ साउन २०७९

धनुषाको नगराईन नगरपालिका–४ मा शुक्रबार बेलुकी तीन जना सवार मोटरसाइकल प’ ल्टिँ’दा एक जनाको मृ त्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

नगराईनबाट फुलगामातर्फ जाँदै गरेको तीन जना सवार ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल अनियन्त्रित भई प’ ल्टिँ’दा मोटरसाइकलमा पछाडि सवार मधुबनी हरलाखीका ३५ वर्षीय दिलिप रामको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अपतालमा मृ त्यु भएको हो । यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, सुर्खेत भेरीगंगा नगरपालिका–१ वडा अध्यक्ष नवराज कार्कीको निधन भएको छ । सवारी दुर्घटनामा परेका कार्कीको उपचारका क्रममा शुक्रबार राती १०ः३० बजे काठमाडौंको न्युरो अस्पतालमा निधन भएको हो ।

फागुन ८ गते रत्न राजमार्गको भेरीगंगा नगरपालिका–१२ छिन्चुमा उनी सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई नेपालगंजबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले ठ’क्क’र दिदाँ वडा अध्यक्ष कार्कीसहित स्थानीय भुपेन्द्र शाही घाइते भएका थिए ।

टाउकोमा गम्भीर चो’ट ला’गेको कार्कीको कर्णाली प्रदेश अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगिएको थियो । बिसं.२०४८ सालमा जन्मिएका कार्कीले माओवादी केन्द्रबाट २०७४ सालमा वडा अध्यक्षमा बिजयी भएको उनी भेरीगंगा नगरपालिकाको पार्टी सचिव रहेको माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले बताए ।


Last Updated on: February 26th, 2022 at 12:08 pm
७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया