शुक्रबार १५ मंसिर २०८०

कञ्चनपुरमा अटो दुर्घटना हुँदा ३५ बर्षीय अटोरिक्सा चालकको मृ;;त्यु । कञ्चनपुरमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। भने अन्य ७ जना घाइते छन। बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका ३ माईली बजारमा अटो र

मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।
बेलौरीबाट धनगढी आउँदै गरेको लु २ स ००८१ नम्बरको अटो र विपरीत दिशाबाट आईरहेको से १ प ७६४४ नम्बरको मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय त्रिभुनव बस्तीले जनाएको छ।

दुर्घटनामा परी अटोरिक्सा चालकपुनर्वास नगरपालिका ८ (क)गाउँ का ३५ बर्षीय राजेन्द्र सुनार (मिजार)को धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेकपा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनकै ठूलो गल्ती गरेको टिप्पणी हुन थालेको छ । जसका कारण माओवादी पार्टीको अस्तित्व नै संकटमा पर्नसक्ने समेत आकलन गर्न थालिएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा उठेका प्रश्नका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर पास गर्ने निर्णयमा पुगेपछि माओवादी फुट्ने सम्भावना बढेको हो ।

प्रचण्डले गठबन्धन जोगाउन यस्तो खालको मध्यमार्गी प्रस्ताव अगाडि बढाएका हुन् । यसमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु सहमत भएका छन् ।

तर प्रचण्डले पार्टीमार्फत आधिकारी निर्णय भने गराएका छैनन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ट, देव गुरुङ, लिलामणी पोखरेल लगायतले यसको विरोध गरेका छन् ।

उनीहरुले यथास्थितिमा एमसीसी अनुमोदन गरे पार्टी फुट्ने धम्की दिन थालिसकेका छन् । यता नेपाली कांग्रेसले पार्टीबाट निर्णय गराएर ल्याउन दवाव दिएको छ ।


Last Updated on: February 27th, 2022 at 12:42 pm
४९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया