शुक्रबार १५ मंसिर २०८०

काठमाडौ । किर्तिपुरमा रहेको गलैचा कारखानामा गत वैशाख ८ गते भएको घटना हो । आफ्नै कारखानामा काम गर्ने ब्यक्तिको ज्या न लिँ दा पनि नजिकै बसेका मालिकले कुनै हस्तक्षेप गरेनन् । दुई मिटर अगाडी मालिकको कोठा छ । घरमा पसेर पुरुषलाई हात पात गर्दा, श्रीमती माथि पनि त्यस्तै गर्दा र ९ वर्षको बालक रोइ कराई गर्दा पनि किन सहयोग गर्नुभएन ? मालिकलाई प्रश्न गर्दा उनले भने, मैले बारम्बार सम्झाई रहेको थिएँ । इटाले हा ने पछि उनीहरु आएका हुन् ।

मान वहादुर घिसिङको सबैको सामुन्ने मृ त्यु भयो । मान वहादुरको श्रीमती र छोरालाई पनि उनीहरुले त्यसै गरे । सानो ९ वर्षको बच्चाले गएर खुट्टा समातेर मेरो बुवा आमालाई बचाइदिनु भनेर आग्रह गर्दा पनि मालिकले वास्ता नगरेको महिलाको भनाई छ । हामीलाई यस्तो गर्दा सबैले टाढावाट हेरेर बसे । छोरो टाउको भुईमा ब जारेर रोयो, मैले पनि सबैसंग रुँदै गुहार माँगे । तर सबैले हेरेर बस्यो कोही पनि बचाउन आएनन् ।

SUGGESTED NEWS
Mgid
Mgid

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Drink 1 Cup Of This Before Bed – Drop 3 Pants Sizes Fast
Ketoadvanced

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar
म उनलाई बचाउन जाँदा तेरो श्रीमान र तँलाई एउटै चिहान बनाइदिन्छौं भने, महिलाले गुनासो गर्दै भनिन् । मानवहादुर दिनेश लामाको कारखानामा काम गर्थे । मानवहादुर पटक पटक हल्ला गर्ने र क्सी खाने गर्थे । त्यही क्रममा विवाद भएको रहेछ । दुई जनाबीच पहिला नै विवाद भएको रहेछ । नयाँ वर्षको समयमा नै हो । त्यही विषय बढ्दै गएर मान बहादुर माथि थप घटना भयो । कारखानाका मालिक दिनेशले बताए ।


Last Updated on: May 28th, 2021 at 7:47 pm
५७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया