शुक्रबार १६ मंसिर २०७९

इटालीमा मोत्तारोन पहाडको चुचुरोमा जादै गरेको केबलकार दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा एक बालक गम्भीर घाइते भएको अन्तरास्ट्रिय संचार माध्यमले जनाएका छन ।गत वर्ष कोरोनाभाइरसको महामारीका कारण लामो समय बन्दभएर केही महिनाअघि मात्रै फेरि सञ्चालनमा ल्याइएको उक्त केवलकार अचानक दुर्घटना हुदा उक्त क्षेत्र स्ट्रेसाका मेयर मार्सेला सेभेरिनोले दुख ब्यक्त गरेका छन ।

उक्त दुर्घटनामा मृत्यु हुने मध्ये पाँच जना इजरायली नागरिक रहेको खुलेको छ।विदेशी पर्यटक र स्थानीयलाई समुद्र सतहदेखि १४ सय मिटर उचाइमा रहेको मोत्तारोन पहाडको चुचुरोमा लादै गरेको केवलकार २० मिटर तल खालि जमिनमा बजारिएको थियो ।

दुर्घटनाको आवाज नजिकै हाइकिङमा गएकाहरुले सुनेको बताएका छन ।केवलकारको डब्बा खसेपछि पनि भिरालो जमिन भएको कारण पल्टिदै धेरै तल गएर अडिएको थियो ।

दुर्घटना के कारणले भयो भनेर प्रसासनले अनुसन्धान अगाडी बढाएको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’


Last Updated on: February 27th, 2022 at 12:47 pm
३८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया