शनिबार २८ साउन २०७९

काठमाडौं। यौ न उ त्पीडनको आ रो प लागेका र प्रहरीको फरार सूचीमा रहेका अभिनेता पल शाहले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएर आ त्म स मर्पण गरेका छन् । आ त्म स म र्पण अघि पलले आप्mनो स्वास्थ्य बिग्रिएको, घर व्यवहार मिलाउनु परेको र आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु’ २ रिलिज हुने बेलामा फिल्मलाई न का रात्मक असर नपरोस् भनी आफू केही दिन प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै यसको लागि माफी पनि मागेका थिए । पलले आफ्नो भेरिफाइड फेसबुक पेजमार्फत यस्तो बताएका थिए ।

पलले फेसबुकमा लेखेका थिए ‘नमस्कार सबैमा, मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज ९आइतबार ० नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद

 

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’

हेर्नुहोस् पल शाहको फेसबुक स्टाटस, जहाँ उनले आफूलाई ‘फसाउन’ गरिएको षडयन्त्रबारेका अडिओ रेकर्ड पनि राखेका छन्। यस्तै पलले नाम उल्लेख गरेपछि दुर्गेशले भने, ‘नाबालिकाले नै पटक-पटक ऊसँग सम्बन्ध राखेको भनिसकेपछि उसले हाम्रो नाम लिएर हुन्छ?’

योभन्दा अगाडि सार्वजनिक भएको अडियोका बारेमा उनले थपे, ‘ऊ आफै केटीदेखि भागेको भागेई थियो, फोन नउठाउने भएपछि हामीले उनीहरु २ जनालाई कुरा गर्न राखेका हौँ, कुरा नबिग्रियोस भनेर।’


Last Updated on: February 27th, 2022 at 1:02 pm
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया