सोमबार १९ मंसिर २०७९

श्रीमतीलाई चिठी लेख्दै भने- माफ पाए घर फर्कौंला, नभए हाँसीहाँसी फाँ सी च ढौंला’ सेयर गरेर सरकार सामु पु र्याउ

१९ वर्षदेखि साउदीको जेलमा फाँ| सी कुरिरहेका श्रीमान श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर उनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ ।

पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुनेथिएँ !’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ, त्यति दिनसम्म म अनलाइन आइहाल्छु ।

माया भने मनमा भने डर छ, सन्तबहादुर कुन दिन अफलाइन जाने हुन् ! १९ वर्षदेखि मृ |त्युद ण्डको सजाय पर्खेर बसेका उनी साउदी अरबको कुरैयात जे लमा छन् । माया पर्वतको मोदी गाउँमा । झन्डै चार हजार किलोमिटर दूरीमा रहेका यी दुईलाई भूगोलले छुट्टाइदिए पनि इन्टरनेटले आमुन्नेसामुन्ने जोडेको छ । घण्टा–घण्टामा उनीहरूबीच भिडियो संवाद हुन्छ । ‘मलाई जेल परेको जस्तै लाग्दैन । तिमीलाई छुन नपाएको मात्रै त हो,’ र इमोमा भन्छन्, ‘जस्तो परिस्थिति सिर्जना हुन्छ । त्यसरी नै जिन्दगीको चोला चल्दोरहेछ ।

केही वर्षअघिसम्म चिठी आएपछि मात्रै मायालाई लाग्थ्यो– श्रीमान् जीवितै छन् । अनि खुसी हुँदै गाउँघर, तीन छोरा र आफन्तको खबर समेटेर चिठी पठाउने गर्थिन् । अहिले छिनभरमै इन्टरनेटले सन्तबहादुरको हालखबर ल्याउँछ । २२ वर्षअघि साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । त्यो मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी आयो ।

भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरको एउटा साउदी बारम्बार भेडा माग्न आउनथाल्यो । उनले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो । ‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । तर, ती साउदीले टेरेनन् । नेपाली भेडागोठालालाई उनीले मान्छे नै गनेनन् । हप्कीदप्की गरेर, पिट्नै खोजे ।

‘ऊ मलाई माdर्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मैले आफूलाई पनि चक्कु हाtनें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्‍यो ।’ उनले प्रहरीसमक्ष नै नढाँटी भएको सबै बताइदिए । ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं । एउटा भेडाका लागि मैले ज्याzन लिएँ ।

सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा लैजान दिएको भए के जान्थ्यो र ? तर, मलाई मेरो साहुको अगाडि शिर निहुराउन मन लागेन,’ उनी भन्छन्, ‘मेरो जिम्मा भेडाको रेखदेख गर्नु थियो । त्यो जिम्मेवारी पूरा गरें । हnत्या प्रमाणित हुन समय लागेन । उनले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो । मृतकका तीन छोरा थिए । बालक कान्छो छोरा १८ वर्ष पुगेपछि मात्रै मृ kत्युदण्डको कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृbत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो ।

त्यतिन्जेलसम्म जेलमै बस्नुपर्ने भयो । मृmत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपyराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेyलभित्रैबाट भने, ‘यही घरभित्र बाँच्न सिकें । जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्छन् । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृvत्युदण्uड पाएकालाई फाँeसी दिन समय लाग्दोरहेछ,’ उनले भने, ‘लाcगूऔषध मुद्दाuकालाई त तुरुन्तै फाँqसी दिन्छ ।’ यस्तो सजाय हरेक मंगलबार कार्यार्न्वयन हुन्छ । १९ वर्षदेखिको जीवनमा मंगलबारे खड्को टरिरहेको छ । एउटा कोठामा २० जना कैदीहरू बस्थे । कैदी बस्ने कोठाको सरसफाइको जिम्मेवारी सन्तले लिए । कैदीले महिनावारी १ सय २० रियाल पाउँछन् । उनीहरूले पैसा उठाएर सन्तलाई दिन्छन् । तीन छोरा र श्रीमतीको परिवारलाई unaले त्यही कमाइबाट खर्च पठाउन थाले ।

उनले पठाएको कमाइको हरहिसाबको जानकारी मायाले चिठीमा गराउँथिन् । ‘१५ हजार पैसामा तिमीले ५ हजार चलाउनू भनेको थियो । तर, मैले छोराहरू बिरामी भएर १० हजार चलाएँ । बैंकमा ५ हजार लगेर राखें’ मायाले २०६० भदौ ५ गतेमा पठाएको चिठीमा लेखेकी थिइन्, ‘अब छोराहरूलाई पनि स्कुल पठाउनुपर्‍यो । लुगाफाटा पनि फेर्नुपर्‍यो । हरेक दिनजसो खर्च बढ्दै गइरहेको छ ।लामो समय जेल बसिसकेपछि माफी पाएर छुट्ने हुन् कि भन्ने पनि मायालाई आशा छ । ‘परदेशी श्रीमान् तपाईं जेलबाट निस्कने कहिले हो ? बरु अलिअलि पैसा दिए निकाल्छ कि ? कसो हो ? कति सालको जेल दिएको हो ? हामीलाई थाहा नै दिएन ।’ मायाले अर्को पत्रमा लेखिकी थिइन्, ‘हाम्रो भेट हुन्छ कि हुँदैन ।

सानोमै छोडेर हिँडेका छोराहरूलाई उनको अनुहारको खास याद छैन । सन्तबहादुरका शिव, खड्ग र मीनबहादुर तीन छोरा । शिव शारीरिक रूपमा अशक्त छन् । २०७० सालमा माइला छोरा खड्गबहादुरले बाबुलाई पठाएको चिठीमा भनेका छन्, ‘तपाईको आशीर्वादले हामी बाँचिरहेका छौं । हाम्रो केही चिन्ता लिनुपर्दैन । तपाईंसँग भेट हुनका लागि यो चिठी लेख्दै छु । अहिले म चार कक्षा पास भएँ । राम्रो नम्बर ल्याउन सकेको छैन । र, पनि कोसिस गर्दै छु बाबा ।’सन्तबहादुर बिहान ५ बजे उठ्छन् । उठ्नेबित्तिकै सलाह (प्रार्थना) गर्छन् । कुरानको पाठ पढ्छन् । जेल छिरेलगत्तै उनलाई इस्लाम धर्म कबुल गराइएको थियो । ‘इस्लाम धर्म कबुल गरेमा मलाई माफी मिल्छ भनेर ओदहकै जेठो छोराले भन्यो । उसले इस्लाम धर्म मानेपछि हामी दाजुभाइ हुन्छौं पनि भनेको थियो,’ उनले भने, ‘उसले माफी दिन्छु भनेको थियो । तर लिखित दिएको थिएन ।’उनले दिनमा ५ पटकसम्म सलाह गर्छन् । सलाहपछि दिउँसो १२ बजेसम्म सरसफाइ गर्ने काम गर्छन् । लुगा धोइदिन्छन् ।

त्यसबाट आउने पैसा घरमा पठाउँछन् । जेलभित्र दिनमा तीनपटक खाना आउँछ । बिहान ८ बजे रोटी, अण्डा र दाल आउँछ । १२ बजे भात । हप्तामा तीनपटक माछा, कुखुरा र बाख्राको मासु मिलाएर दिन्छ । साँझ ६ बजे हलुका खाना दिन्छन् । ‘आधा जिन्दगी जेलकै खानामा बित्यो,’ उनी भन्छन्, ‘अझै कति दिन बित्ने हो ? जति दिनसम्म लम्बिन्छ । त्यति दिनसम्म खुसीखुसी बिताउँछु ।’ सन्तबहादुरलाई मृdत्युदण्ड सुनाइपछि मायालो नेताहरूको घरदैलो पुगेर हारगुहार पनि गरिन् । उनीहरूले धेरै ठाउँमा गएर भन्नुको अर्थ नभएको भन्दै सम्झाएका थिए । ‘यो ठूलो काण्ड हो । मन्त्रीसँग कुरा गरेर हुने विषय होइन । जति कुरा जहाँ राखे पनि फाइदा छैन । कतै जानुपर्दैन । घरमा आनन्दले चुपचाप लागेर बस । यो पूर्णरूपमा पीडित परिवारको विवेकमाथि भर पर्छ,’ सन्तबहादुरले मायालाई सम्झाउँदै भन्ने गरेका छन्, ‘मेरो भाग्यमा फाँtसी नै लेखेको रहेछ भने कसैले रोकेर रोकिन्न ।

नेपालमै गएर मqर्नु लेखेको रहेछ भने कुनै न कुनै दिन फर्किहाल्छु । म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ।’ सन्तबहादुरको सलाहबाट प्रभावित भएर मृuतकको माइलो छोरा फाहदले जेलमै भेटेर माफी दिने वचन दिए । फाहद इस्लामिक स्कुल (मदरसा) का शिक्षक (मुतवे) हुन् । जेठो छोरा पनि माफी दिन तयार थिए । तर, कान्छो छोरा र मृतकका भाइहरू खुनका बदला खुन नै हुनुपर्ने भन्दै माफीको विपक्षमा उभिए । पुरानो समचारलाई पनि जानकारी र जनहितमा जारी गरिएको हो।


Last Updated on: February 27th, 2022 at 1:12 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया