शनिबार २८ साउन २०७९

काठमाडौं-नायक पल शाहले आजै प्रहरीमा आ त्म स म र्पण गरेका छन् । नाबालिग गायिकाले ज ब र ज स्ती क र णीको आ रो प लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहको उनले आज आ त्म स म र्पण गर्ने बताएका थिए ।

स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीको उपस्थित हुन ढिला भएको बताएका थिए । यसैबिच नायिका पूजा शर्माले पलको आ त्म स म र्पण गर्ने निर्णयलाई अभिनेत्री पूजा शर्माले पनि सम्मान भएकी छन् ।

पूजाले सामाजिक संजालमा पलले सार्वजनिक गरेको आ त्म स मर्प ण गर्ने स्टाटस पोष्ट गर्दै लेखेकी छन् , ‘सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ ।’ पूजा पछिल्लो समय पलको तस्बिर अंकित टिसर्ट लगाएर सार्वजनिक कार्यक्रममा देखिने गरेकी छन् ।पल र पूजा अभिनित फिल्म ‘म यस्तो गित गाउँछु २’ देशभर शुक्रबारबाट प्रदर्शन भइरहेको छ । फिल्मलाई अत्यन्तै मन पराइएको छ ।

काठमाडौं । नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई ज’बरज’स्ती कर ‘णी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्र’हार भएको दाबी गरेका हुन् ।

क रणीको आरोपमा प्रहरी कार्यालयमा उजुरी परेपछि ‘फरार’ भनिएका अभिनेता पल शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन्।

बिहीबार बिहान फेसबुकमार्फत अडिओ ‘प्रमाण’सहित उनले आफू निर्दाेष भएको जिकिर गरेका हुन्। उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु ।’

ती गायिकालाई प्रयोग गरेर आफूलाई नियोजित ढंगले षडयन्त्र गरेको भन्दै पलले दुर्गेश थापा, सरोज वली, कृष्ण जोशी र सम्राट चौलागाईंलाई समेत मुछेका छन् । उनले उनीहरुको अडियो क्लिपसमेत सामाजिक सन्जालमार्फत् सार्वजनिक गरिदिएका छन् ।

‘नमस्कार म पल शाह, म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदै छु’, पलले लेखेका छन्, ‘सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकालिसक्नु भएको होला र गा’लीग’लौ’ज पनि गर्दै हुनुहुन्छ होला, तर पनि म तपाईंहरूसामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु।’


Last Updated on: February 27th, 2022 at 2:14 pm
१०२० पटक हेरिएको

तपाईको प्रतिक्रिया