मंगलबार १३ मंसिर २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् ।आइतबार ट्विटरमार्फत नेता श्रेष्ठले पाँच दलीय गठबन्धनभित्र व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयप्रति आफ्नो गम्भीर असहमति र आ पत्ति रहेको बताएका हुन् ।

‘५ दलीय गठबन्धनमा अध्यक्ष क‍. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो ‘निर्णय’ प्रति मेरो ग म्भीर असहमति र आ पत्ति रहेको छ‚’ उनले लेखेका छन्‚ ‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौं । यो महाधिवेशनको वि रुद्ध छ र गलत छ ।’

श्रेष्ठसहित नेकपा माओवादी केन्द्रका नेताहरू लीलामणि पोखरेल‚ देव गुरुङ‚ कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेल लगायत नेताले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता गर्ने निर्णयमा असहमति जनाएको स्रोतले जानकारी दिएको छ ।

एमसीसी पास भए देशमा समानान्तर सरकार बन्न सक्छ : भीम रावल
काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी संसदबाट पारित भए देशमा समानान्तर सरकार बन्न सक्ने ख तरा देखिएको बताएका छन्। एससीसीको विरोधमा बलियोसँग आवाज उठाउनुपर्ने बताउँदै उनले संसदबाट यो पारित भए मुलुकमा समानान्तर सरकारको ख तरा रहेको बताएका हुन्।

काठमाडौंमा शनिबार आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्ना कुरा राख्ने क्रमा रावलले यस्तो खतरा देखेका हुन्। पूर्वउपप्रधानमन्त्री रावलले एमसीसीका प्रावधान संशोधन नगरी पारित गरिए मुलुकलाई शक्ति राष्ट्रहरुको द्व न्द्वको केन्द्र बनाउनेतर्फ पनि सचेत गराए।नेता रावलले कोही देशभक्त नेपालीले त्यो सम्झौता मान्न नसक्ने कुरा राखे। उनले एमसीसी सम्झौता संशोधन गरेर पास गर्न आफू तयार रहेको पनि बताए।


Last Updated on: February 28th, 2022 at 11:48 am
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया